धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

शनिबार राति करिब ८ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।महागढीमाई नगरपालिका–१ नैकाटोल स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।