दोलखामा भूकम्पको धक्का

शनिबार साढे ११ बजे दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।