समता लघुवित्तको एफपीओमा आवेदन दिने समय आज सकिदै छ । मंगलबार ५ बजेसम्म आवेदन दिन पाँउने छ ।
समता घरेलु लघुवित्तको एफपीओमा हालसम्म ५०.५ गुणा बढी आवेदन परेको छ ।सोमबार साँझ ५ बजेसम्म कम्पनीको एफपीओमा कुल ११ लाख ७१ हजार ४६५ जनाले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।सीडीएससीका अनुसार ती आवेदकले १ करोड ७७ लाख २३ हजार २२० कित्ता सेयर माग गरेका छन् । तर कम्पनीले भने जम्मा ३ लाख ५० हजार ९०४ कित्ता बिक्रीका लागि आवेदन माग गरेको हो । कम्पनीको माग र सोमबार साँझसम्म परेको आवेदनका आधारमा मागभन्दा ५०.५ गुणा बढी सेयरका लागि आवेदन परेको हो ।


















