काठमाडौंमा नेकपा एमालेको प्रदर्शन, सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने बताइएको छ ।

पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्।

एमालेसहित काठमाडौंमा एकैपटक प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो । जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।