अच्युतप्रसाद पौडेल ‘चिन्तन’
शारदीय रात्रिहरु आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म श्रीकृष्ण र गोपीहरुसंगको महारास प्रसंग श्रीमद्भागवत दशमस्कन्ध पूर्वाद्र्धमा वर्णित छ, जसलाई रासपन्चाध्यायी भनिन्छ । द्वापर युगमा वृन्दावनमा भएको यो रासकृडा गोलोकमा भइ नै रहन्छ । शिव महापुराण सती खण्ड रुद्र संहितामा शिव र सतीको रास प्रसंग वणर््िात छ । हामीलाई सुन्दा यी प्रसंगहरु लौकिक लागे पनि ईश्वरका लीलाहरु अलौकिक नै हुन्छन् ।
श्रीशिव ध्यानस्थ हुनुहुन्थ्यो । उहाँलाई गृहस्थ बनाउन देवताहरुले ठूलो प्रयास गरे । महायोगी शिव अविवाहित रहन चाहनुहुन्थ्यो तर अनेकौँ प्रयासले उहाँलाई विवाह गराउने प्रयत्न भयो । ब्रह्माजीले मानसपुत्र दक्षलाई कठिन व्रत गर्न भने । दक्षले दुर्गाको उपासना गरेपछि भगवती स्वयंले दक्षपुत्री भएर जन्मने प्रण गर्नुभयो । दक्ष र विरिणीबाट सन्तान भयो, नाम रह्यो सती । बालिका सानैदेखि शिवप्रिया बन्नुभयो । सतीको विहे शिवसंग गराउन ब्रह्माले धेरै ठूलो जोड बल गरे ।सतीे विहेमा नारायण लगायत धेरै पाहुनाहरु आएका थिए । सबैलाई जिम्मेवारी तोकियो । यज्ञको मूल आचार्य स्वयं ब्रह्मा नै भए । धूमधमासंग विहे भइरहँदा सतीको मोहिनीरुपबाट ब्रह्मा मोहित भए, कामाशक्त भए, सतीको अनुहार मात्रै हेरेर बाँकी काम गर्न नसक्ने भए, सतीको पछ्यौरी भूइँमा खस्यो, ब्रह्मा झन् कामान्ध बने, सबैको आँखा छली सतीस्पर्शको लोभले उनले अग्निमा चिसो समिधा हाले, धूवाँ बेस्सरी फेलियो, वरिपरि बस्नै नसक्ने भयो, आँखा पोलेर शिवले पनि हत्केलाले आँखा छोप्नुभयो । शिवले आँखा छोप्दा नदेख्ने भए भन्ने सोचेर ब्रह्माले सतीको कपडा भूइँमा खसाले । अहिले पनि विवाहमा दुलहीलार्ई घुम्टो ओढाउने चलन छ । विवाहमा दुलहीलाई बेस्सरी श्रृंगार गरिन्छ धेरैको आखा नलागोस् भनेर मुख ढाक्ने चलन छ । ब्रह्माको अग्नि तत्व वीर्य स्खलित भयो, ४ थोपा वीर्यबाट हिउँको पहाड बन्यो, त्यो हिउँ विस्तारै संवर्तक अदि ४ भयंकर मेघ बने, जुन मेघको प्रयोग गरी इन्द्रले गोकुल डुबाउने प्रयास गरेका थिए द्वापरमा, बाँकी मेघहरु अहिले पनि जलवायु संकटका रुपमा हाम्रा सामु उपस्थित भइरहेका छन् । आँखा छोपे पनि शिवलाई सबै कुरो थाहा भयो । शिवले ब्रह्मालाई मार्ने प्रण गरिदिनु भयो, सबैतिर हाहाकार हुँदा श्रीविष्णुले पनि खराव काम गर्नेलाई बचाउन मिल्दैन भन्ने सल्लाह दिनु भयो । तैपनि शुभकार्यमा अशुभ कर्म नगरौँ भन्दै सबैले ब्रह्मालाई माफी दिएर यज्ञ समापन गराइयो । ब्रह्माजी निर्लज्ज भए, यसअघि पनि यस्तै कार्य हुँदा आप्mनै सन्ध्यासंग कामाशक्त हुँदा शिवले कठोर दण्ड दिइसक्नु भएको थियो । विहे सम्पन्न भयो, दक्षले धूमधमसंग दाइजो सहित शिव र शिवाको विदाइ गरिदिए, आधा बाटोसम्म पुर्याउन गए । शिवले शिवालाई लिएर कैलाश जानु भयो जुनक्षेत्र कुवेर दरबार नजिक रहेको थियो ।
मनमोहक प्रकृतिको साथ पाएर शिवले शिवासंग २५ देव युगसम्म रमणा गर्नुभयो । शिवले बाँकी काम केही नगरेर केवल सतीसंग रास कृडा मात्र गरिरहनु भयो । यो देखेर देवताहरुलाई असह्य भयो । वायु कुपित, जल कुपित, अग्नि कुपित भई चट्याँग, घनघोर वर्षा, हावाहुरी नराम्रो वातावरण तयार भयो । सतीले डराएर भन्नु भयो, मलाई सुरक्षित अर्को आबास बनाइदिनूस् । पहिले त भन्नुभयो यहीँ ठीक छ अर्को घर किन चाहियो, तर सतीको माग उहाँकै इच्छाको स्थान अनुसार आबास बनाइदिने प्रण गरेर ठाउँको खाजी हुँदा सतीले सबैभन्दा राम्रो स्थान अति सुन्दर सुमेरु गिरी रोज्नु भयो । त्यहीँ नयाँ आबास सबै सुविधासहित र दासीहरु सहितले सती खुसीले रहन थाल्नु भयो । यहाँ पनि शिव र शिवा रति कृडा बाहेक अरु काम केही नगर्ने हुनु भयो । रति कृडाकै अबस्थामा देवताहरुले उक्साइएका देवीहरुले सतीलाई अवरोध सृजना गरिदिए । फलतः गर्भाधान प्रक्रियामा रहेको शिवको अग्नि तत्व वीर्य स्खलित भई जमिनमा गिर्यो । सतीले आमा बन्ने धोको पूरा नभएको देखेर देवताहरुलाई श्राप गरिदिनु भयो र भन्नु भयो तिमीहरुका पत्नीहरु अबदेखि सन्तान उत्पादन गर्न असक्षम होऊन् । यो सुनेर देवीहरुले पनि कठोर श्राप वर्षाए सतीलाई कि सतीबाट पनि सन्तान नहुने भयो । देवताहरुबाट जो भएका थिए, भए, देवेन्द्रका पुत्र जयन्त, वायुका हनुमान, सूर्यका यम, यमुना आदि, अब जनसंख्या वृद्धि रोकियो, अहिलेसम्म पनि देवता ३३ कोटी मात्रै भनिन्छ, श्राप नभएको भए कति हुन्थे हुन्थे ।
सती विरहमा रहनु भयो र शिवलाई अनुरोध गर्नुभयो मलाई सन्तान चाहियो । शिवले भन्नुभयो, सन्तानबाट दुःख छ, नभएकै राम्रो । तर शिवाले ढिपी गर्दा शिवले १ वर्षको कठिन व्रत बस्न भन्नुभयो । सन्तान प्राप्तिका लागि मैले जस्तोसुकै कठिन व्रत पनि बस्छु भनेपछि व्रतका विधान सबै बताएर सतीलाई व्रत बस्न भनियो । जलाहार, फलाहार, कहिले वायु आहार मात्रै गरेर व्रत गरिरहँदा एक वर्ष पुग्नै लाग्दा सती शिव रासकृडाकै क्रममा एक जोगी ढोकामा आएर भीक्षाँ देही भन्न थाल्यो । व्रत पूर्णाहुति गर्न अनेकौँ दान दिनु पर्ने, कसैलाई भोको राख्न नहुने ठूला ठूला दान गर्दै आएकी सतीलाई ढोकाको जोगीलाई भीक्ष नदिएर फर्काउन उचित लागेन । सजावट साथ भीक्ष लिएर जोगीलाई दिन खोज्दा जोगीले लिन मानेन । म यस्तो भीक्षा लिन आएको होइन, के चाहनु हुन्छ मसंग भएको सबै दिन्छु म व्रतमा छु व्रत पूुर्णताका लागि मैले प्रसस्त दान गर्नु नै छ । जोगीले तिम्रो पति लाई दान लिन आएको भन्यो । सती धर्मसंकटमा परिन् । गर्भाधानकै क्रममा यो आपत् आइलाग्यो, १ वर्ष पुग्नै लाग्यो, पतिलाई दान दिएपछि मैले सन्तान पाउने इच्छामा अबरोध हुने भयो । जस्तोसुकै संकट आइपरे पनि धर्मलाई छोड्नु हुन्न भन्ने शास्त्रीय मान्यतालाई मनन गरेकी सतीले जोगीलाई संकल्प पढ्न लगाएर शिवलाई दानमा पठाउनु भयो । जोगी बास्तवमा सामान्य जोगी नभएर श्रीहरिले भेष बदलेर आएका रहेछन् । शिवलाई नारायणले लिएर गए । सती मूच्र्छित भइन्, सपना जस्तो लाग्यो, केहीबेरमा आकाशवाणी भयो जाऊ सती शयन कक्षमा बालक पैदा भएको छ । सती आप्mनो शयन कक्षमा गइन्, सानो बालक उँ उँ गर्दै रहेछ, मा भनौँ आमा खोज्दैरहेछ । केही बेरअघि मात्रै पतिसंग रतिकृडा गर्दै रहेको स्मरण गरेकी सतीले प्रसूती पीडा बिना नै बालक पैदा भएकोमा खुस िहुँदै बालकलाई काखमा राखिन, आलिँघन गरिन्, मेरो बाबु भनिन्, नाम दिइन् गणेश । अब सतीको नम पनि उमा रह्यो, त्यही बालकले उँ मा भनेकाले ।
















