उपनिर्वाचन :४१ पदका लागि मतदान जारी (तस्बिरहरू)

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त पदका लागि  बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदान गर्दै ।

 

हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि उहिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा ।

 

दार्चुलाको दुहुँ गाउँपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको लागि  मतदान गर्दै  । 

 

गुल्मीको मुसिकोट नगरपालिकामा रिक्त पदका लागि   नेपाल राष्ट्रिय सर्वोदय मावि केन्द्रमा मतदान गर्दै

 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि  श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा

 

दैलेखको महावु गाउँपालिका–१ खरिगैरा केन्द्रमा  गाउँपालिकामा रिक्त रहेको वडाध्यक्ष पदका लागि  मतदान केन्द्रमा। 

 

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ को एक वडाध्यक्ष पदका लागि विष्णु ज्योति आधारभूत विद्यालयमा मतदान गर्दै 

मतदान स्थलमा ४ केन्द्रमा ३ हजार ६२५ मतदाता रहेका छन् ।

रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि  सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा ।

 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि साविकको जुकोट गाविस भवन

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा वडा अध्यक्ष पदका लागि शान्ति निकेतन माध्यमिक विद्यालय मतदान केन्द्रमा