रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का पूर्ववडाध्यक्ष चेतबहादुर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा प्रवेश गरेका छन् । उनले विकास र देश परिवर्तनको चाहनासहित रास्वपामा आबद्ध भएको बताएका छन् । क्षेत्री २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले० बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेबाटै वडाध्यक्षका उम्मेदवार बनेका थिए। तर उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पुरनप्रसाद श्रेष्ठसँग पराजित भएका थिए। आफू वडाध्यक्ष हुँदा गरेका कामको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिका–५ का युवाहरूले रास्वपामा प्रवेश गर्न आग्रह गरेपछि पार्टीमा आबद्ध भएको क्षेत्रीले बताएका छन्।
विकास र देश परिवर्तनको उद्देश्यसहित नयाँ राजनीतिक यात्रामा जोडिएको उनको भनाइ छ।


















