२०८१ मङ्सिर १६ गते तीन वटा पालिकको प्रमुखसहित स्थानीय तहका ४१ पदमा उपनिर्वाचन सम्मपन्न भएको छ । उपनिर्वाचनको अन्तिम मत परिणाम आएसंगै त्यसको समिक्षा समेत सुरु भएको छ । यो समिक्षाले मतदाताको पछिल्लो अभिमत कता जादै छ भने र बुझ्न सकिन्छ । यसरी हेर्दा उपनिर्वाचनमा केही नयाँ प्रबृतिहरु देखिका छन् ।
पहिलो प्रबृति यो पटक उम्मेदवारी दर्ता गर्दा बिगतमा भन्दा स्वतन्त्र उम्म्ेदवार धेरै भए । जस्तो कि यो पटक ४१ स्थानका निम्ति कुल ३ सय ७६ जनाले उम्मेदवारी दर्ता गरेकोमा विभिन्न २० वटा राजनीतिक दलबाट २ सय ७४ र १ सय २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए । तर स्वतन्त्र उम्मेदबारी दिनेहरु बढि शहरी क्षेत्रमा देखिए जस्तो कि काठमाडांैको कीर्तिपुरमा प्रमुख राजनीतिक दलहरूबाट २० जनाले प्रतिस्पर्धा गर्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११ थियो । यस्तै शहर नजिकको मोरङको ग्रामथान गाउँपालिका प्रमुखको पदका लागि १६ जनाले उम्मेदवारी दिएकोमा एक जना मात्र स्वतन्त्र उम्मेदवार थिए । अलि ग्रामिण क्षेत्र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पदका चुनावमा भने स्वतन्त्र उम्मेदवारनै थिएनन्। यसबाट देखिन्छ शहरमा पुराना दल विरुद्ध शहरी बिद्रोह हुदैछ । अर्को कारण गत स्थानिय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका, धरान, जनकपुर र धनगढी उपमहानगर पालिकामा स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएकाले पनि शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको सङ्ख्या बिगतको तुलनामा बढी भएको हुन सक्छ ।
दोस्रो शहरी क्षेत्रमा पुराना दल प्रति बितृणा देखिए पनि शहर भन्दा बाहिर ग्रामिण एरियामा पुरानै दलको जनमत बलियो देखियो छ । जस्तो कि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भईन कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार को चौथौ बढि मत आयो, जसबाट पनि शहरमा पुराना दल भन्दा नयाँ दल प्रति आकर्षण बढेको देखियो । तर ग्रामीण क्षेत्रमा अझै पनि पुरानै दलको पक्षमा मतदाता देखिए ।
तेस्रो धरान उपमहानगरका स्वतन्त्र मेयर हर्क साम्पाङ कीर्तिपुर नगरपालिकामा आएर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा सहभागी भएका तर उनले सोचे जस्तो परिणाम आएन तै पनि यसबाट उनले भबिष्यमा स्वतन्त्रताको देशब्यापी संञ्जाल बनाउन चाहन्छन् भन्ने देखियो । काठमाण्डांै महानगरपालिकाका मेयर बालेन्द्र शाह भने मौन देखिए यसबाट उनी २०८४ मा पनि आफू मात्रै चुनाब लड्ने हुन कि भन्ने देखिन्छ ।
चोथांै र सबै भन्दा महत्वपूर्ण सन्देश काँग्रेसको एमालेसंगको गठबन्धन जनताले मन पराएको देखिएन । किनकि यो “यो मिनि जनमतसङ्ग्रह थियो । यसमा यसमा कांग्रेसले जितेका ठाउँ गुमाएको छ । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।
अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइ सकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो ।
नेकपा एमाले र नेकपा माओवादीले भने सिट थपेका छन । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्थान रिक्त थिए। स्थान बदलिए पनि संख्या घटेको छैन । हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले सात स्थानमा जित निकालिसकेको छ ।
सत्ता सहयात्री काँग्रेसले गुमाउँदा एमालेले विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ । यसको शन्देश भनेको मधेशमा जसपाको अझै पनि आधार छ भन्ने हो । त्यस्तै यसरी एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि एक/एक सिट जितेर आफ्नो उपस्थिति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी २६ स्थानमा उम्मेदवारी दिएर पहिलो पटक स्थानीय तहको चुनावमा सहभागी भए काठमाण्डौं वडा नम्बर १६ मा विजयी भई स्थानिय तहमा खाता खोलेको छ यस अघिको चुनावमा भने यो पार्टी सहभागी थिएन । यसबाट उ पनि स्थानिय तह सम्म पुग्यो भन्ने देखिन्छ ।
यसरी समग्रमा विश्लेषण गर्दा पुराना परम्परागत दलहरु अक्षिता, गरिवी व्याप्त भएको ग्रामिण क्षेत्रमा बलियो देखिएका छन् भने तुलनात्मक रुपमा शिक्षित र विश्व व्यापिकरणको प्रभाव देखिने शहरी क्षेत्रमा परम्परागत दललाई वैकल्पिक विचारको प्रतिनिधित्व गर्ने शक्तिले प्रभाव पारेको देखिन्छ । अवस्था यस्तै रही रहने हो भने २०८४ को निर्वाचनमा शहरी क्षेत्रमा परम्परागत दलहरु शुन्य प्राय: हुने स्थिति देखिदैन । त्यस्तै विकल्पको विचार ग्रामिण क्षेत्रमा पनि प्रवेश गर्ने देखिन्छ । अझै पनि पुराना दल नसुध्रने हो भने २०८४ पुराना दलकालागि फलामको चिउरा हुने देखिन्छ ।



















