भुटानी नरेश स्वदेश फिर्ता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कको छ । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

आज बिहान काठमाडौँ आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आएको हो ।