नेपाल प्रिमियर लिगमा आन्द्रेस गौसले हाने पहिलो शतक

नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपिएलकै पहिलो शतक प्रहार गरेका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा शतक बनाएका हुन् ।

जारी एनपीएलमा बनेको यो पहिलो शतक हो । शतक पुरा गर्ने क्रममा गौसले ५४ बलको सामना गरी पाँच छक्का र १२ चौका हिर्काए । लुम्बिनी लायन्सविरुद्ध गौसले ५४ बलमा शतक पूरा गरेका हुन् ।