सवारी दुर्घटनामा एक जनाको मृत्यु

बाजुराको बडीमालिका नगरपालिका-८ मार्तडीस्थित सडकमा मालिका मन्दिरबाट मार्तडी बजारतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ च ४३१६ नम्बरको स्कारपियो अनियन्त्रित भई करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा स्कारपियोमा सवार कञ्चनपुर भिमदत्त नगरपालिका-१७ बस्ने ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कारपियो चालक समेत ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।