काठमाडौंको बागमती किनारमा पुरुषको शव फेला

काठमाडौंस्थित बागमती खोला किनारमा एक पुरुषको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंको कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा शव भेटिएको हो । घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ ।