साताको कारोबारको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















