राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चिनमा कर लगाउने घोषणा गरेपछि अमेरिकी सेयरमा गिरावट आएको छ। ट्रम्पको ट्यारिफ अडानले अर्थव्यवस्थाको गति धिमा हुने चिन्ताले इन्डस्ट्रियल एभरेज ६४९ अंक अर्थात् १.५ प्रतिशतले घटेको छ । यस्तै, नास्डाक कम्पोजिटमा २.६ प्रतिशतले गिरावट देखियो । राष्ट्रपति ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयातित वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ लागू गर्ने समयसीमा आइपुगेको जानकारी दिनासाथ अमेरिकी शेयर बजार ओरालो लागेको हो ।
ट्रम्पले यो वर्षको सुरुवातदेखि नै ट्यारिफको धम्की दिएकामा मंगलबारबाट लागू गर्न लागिएको भनिएको छ । मंगलबारदेखि यसलाई लागु गर्ने अपेक्षा गरिएको छ। उनले चिनियाँ आयातमा थप १०% शुल्क लगाउने घोषणा गरे, जसले अमेरिकाका शीर्ष व्यापारिक साझेदारहरूलाई समस्या निम्तिने छ । मेक्सिको र क्यानडाका लागि कुनै ठाउँ बाँकी नभएको र मङ्गलबारदेखि शुल्क लागु हुने ट्रम्पले बताए। चीनबाट अमेरिका प्रवेश गर्ने सामानमा कम्तिमा २०% कर लगाइनेछ।
ट्यारिफको सामना गर्ने तीनै देशले जवाफमा अमेरिकाविरुद्ध ट्यारिफ लगाउने पूर्ण घोषणा गरिसकेका छन् । जसले व्यापारयुद्ध बढ्ने जोखिम निम्तिएको छ ।


















