राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानाडा, मेक्सिको र चीनबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।
क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ । चिनले पनि अमेरिकाका केही कृषि उत्पादनमा १० देखि १५% सम्म अतिरिक्त शुल्क लगाएको छ।
मेक्सिकोले पनि आजै अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने अपेक्षा गरिएको छ । त्यहाँकी राष्ट्रपति क्लाउडिया शिनबमले सोमबार नै आफ्नो देशले आकस्मिक योजना बनाइसकेको भनेकी थिइन् ।


















