रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाइ भने बहस गर्न इतिहास पढेर आउनु जुम्लामा हा हु गरे जस्तो होइन

नेकपा (एमाले) का सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा पन्त बोल्दै गर्दा राप्रपा प्रमुख सचेतकसमेत रहेका शाही उठेका थिए। उनले नियमापत्ति जनाउने भन्दै उठेका थिए ।सांसद पन्तले सांसद शाहीलाई आफ्नो समयमा बोल्न आग्रह गर्दै सक्ने भए तथ्यले खण्डन गर्न भनेका थिए।

‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने, जुम्लामा हा हु गरेर आएकोजस्तो होइन,’ उनले भने, ‘इतिहास पढेर आउनुस् न।’

जबाफमा शाहीले गलत इतिहास पढाउन नपाइने भनेका थिए। पन्तले पूर्वराजा वीरेन्द्रका बारेमा संसदमा कुरा राखेका थिए। त्यसमा राप्रपा सांसद शाहीले आपत्ति जनाएका हुन्।