राजसंस्था पुनस्थापनाका लागि चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँने , कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई

 

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए ।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् । कार्यक्रममा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा समेत गरेको छ । सुवेदीले भने

चैत १५ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए ।

तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।