प्रतिनिधिसभामा सत्तापक्ष र राजावादीबीच भनाभन, जेल हालेर देखाउन राजेन्द्र लिङ्देनको चुनौती

आजको प्रतिनिधिसभा बैठकमा प्राविधिक समस्या भएकोले लाइभ गरिएको थिएन । तर, रेकर्ड गरिएको भिडिओ अहिले सार्वजनिक भएको छ

शुक्रबार काठमाडौंमा भएको प्रदर्शनलाई लिएर प्रतिनिधिसभामा राजावादी र सत्तापक्षबीच भनाभन भएको छ ।

राजावादीलाई जेल हाल्ने कुरा प्रतिनिधिसभामा उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेल हालेर देखाउन चुनौती दिए ।

‘म यहाँ छु राजावादी’ भन्ने जवाफ लिङ्देनले फर्काउँदा संसद्‍मा भनाभनको अवस्था र्सिजना भएको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरूले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिए । त्यसपछि १५ मिनेटका लागि स्थगित बैठक बस्न सकेको छैन ।

‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल’, उनले भने ।