बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको एउटा कार सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा पुरिएको छ । तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा-सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ।

भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बिहान पानी परेको बेला उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।