संघीय मामिला तथा सामान्य प्रशासनसचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ । मन्त्रालयका सुशासन प्रवद्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको ह्वाट्सएप ह्याक गरेको सूचनामार्फत जानकारी दिएका छन् ।
पौडेलले आइतबार निकालेको सूचनामा सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास गरेको उल्लेख छ ।




















