बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ, ४ वैशाखः बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा ९सगुन जात्रा० धुमधामका साथ मनाएको छ ।

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें देव घरबाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।
यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले राससलाई बताउनुभयो ।
–––