नेपाल जडिबुटी तथा चिया विज्ञान समाजको कार्य समिती पुर्नगठन गरिएको छ । पुर्नगठित कार्य समितिको अध्यक्षमा गणेश राई, उपाध्यक्षमा कृण्ण पोख्रेल, शकुन्तला राई, डा देव धवल, डा गौरीशंकर भण्डारी, श्याम सुन्दर श्रेष्ठ सदस्यहरुमा ईशुशंकर श्रेष्ठ, केशबराज अर्याल, डा विशेश्वर प्रसाद यादव, रमिता कुमारी लामा, पुर्ण कुमार शेर्मा, सल्लाहकारमा रगुवर भक्त मान्नधर, डा ललित कुमार दास ,डा प्रेम राई रहनुभएको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष गणेश राईले नेपाल जडिबुटी तथा चिया विज्ञान समाजले नेपालमा पाईने जडिबुटीको अध्ययन गर्ने र टि.टि.एसका चिया ब्राण्डहरु विदेश पठाउँन प्रयास गर्ने बताउनुभयो ।



















