काठमाडौंको टोखामा रहेको जालुपा माविका सम्पुर्ण विद्यार्थीको अाँखा जाँच गरिएको छ । आँखाको जाँच पश्चात चश्मा लगाउनु पर्ने रिपोट आएका करिब ९० जना छात्रछात्रालाई नि:शुल्क रुपमा चश्मा प्रदान गरिएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको आँखा अस्पतालको सहयोगमा सो कार्य गरिएको विद्यालयका प्रधानाध्यपक सुजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रअ श्रेष्ठका अनुसार करिब ८०० जना विद्यार्थी रहेको सो विद्यालयमा आँखा जचाउदा ९० जना विद्यार्थीहरुलाई चश्मा लगाउनु पर्ने देखिएको थियो । सो रिपोट पछि चश्मा आवश्यक पर्ने ९० जना विद्यार्थीलाई नि:शुल्क रुपमा चश्मा दिएको होे । चश्मा प्रदान २०८२ बैशाख ३१ गते वुधबार काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं आँखा अस्पतालका बोर्ड मेम्बर राजाराम श्रेष्ठले गर्नुभएको थियो ।
राप्रपाका पुर्वमहामन्त्री समेत रहनुभएका कार्यक्रमका प्रमुख अतिथी राजाराम श्रेष्ठले विद्यार्थीहरुलाई नि:शुल्क चश्मा वितरणले जसलाई पढ्ने बेला चश्मा लगाउन पर्ने आवश्यकता थियो चश्मा लगाए पछि ती छात्रछात्रालाई पढाईमा सहजता हुने बताउनुभयो । उहाँले पछिल्लो समय मोबाईलको प्रयोग बढ्दै गएकोले नानीबाबुको आँँखा कमजोर देखिने गरेको पनि बताउनुभयो । उहाँले छात्रछात्रालाई लगनशील भएर अध्ययन गर्न सल्लाह समेत दिनुभयो ।
सो कार्यक्रम समाजसेवी कृष्ण राउतको पहलमा भएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितीका अध्यक्ष कृण्ण अजुर्न बानियाँ विद्यालयका शिक्षकहरु कर्मचारीको सहभागिता रहेको थियो । चश्मा वितरण कार्यक्रम पश्चात विद्यालयका प्रअ सुजन कुमार श्रेष्ठले चश्मा वितरण कार्यक्रममा सहयोग गर्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौ महानगरका पुर्व मेयर राजाराम श्रेष्ठ र समाजसेवी व्यक्तित्व कृष्ण राउतलाई धन्यवाद दिनुभयो । त्यसैगरी समाजसेवी कृष्ण राउतले निशुल्क रुपमा आँखा जाँच र चश्मा वितरण कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।


















