काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए। नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।
दुबै पार्टीले सांसदहरुसँग छलफल गरेर उपसभामुखबारे निर्णय गर्न लागेको बताइएको छ ।
















