अर्थ मन्त्रालयले एक साथ गर्‍यो ९० अधिकृतको सरुवा तथा पदस्थापन

अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेको छ। जसमध्ये ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो।

अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो। अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ भने विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय तानिएको छ ।