तमू जातीको उत्पत्ति तथा विकासको संक्षिप्त ईतिहास

मानवको उत्पत्ति शिकारी युग, कृषि युग, सभ्यताको विकाश, बसाई सराई जस्तै तमू जातीको उत्पत्ति र विकाश बारे भन्नु पर्दा आज भन्दा ५० वर्ष अघिसम्म हाम्रो इतिहासको खोजी गर्न लिखित दस्ताबेज नभएकोले धेरै कठिन थियो तर यस विचमा हाम्रो धर्म गुरुको स्मृतिगाथा (प्ये) को वर्णन तमू विद्धानहरुको प्रयासले केहि जानकारीहरु प्रकाशमा आएको छ भने थप आउँदै पनि छन ।

तमू जातीको उत्पत्ति तथा यी जातीहरु नेपाल भूमिमा कहाँबाट आएका हनु भन्नेबारेमा चार बेग्ला बेग्लै मत पाईन्छ :

१) तमूहरु गण्डक क्षेत्रमा आउनु भन्दा अघि मंगोलियाबाट चीन, तिव्वत हुदै पहिले भारतमा बसोबास गरि कालान्तरमा गण्डक क्षेत्र प्रवेश गरेको बताईन्छ ।
२) तमूहरु कतैबाट आएका होईनन नेपालकै पहाडी क्षेत्रमा उत्पत्ति र विकास भएर सन् ११०० भन्दा पहिला नै गण्डक क्षेत्रमा राज्य स्थापना गरेको बताईन्छ (कोने तमुको वंशावली) ।
३) नेपालको बंशावलीमा तमूहरु भारत कन्नौजबाट आएका आर्य हनु भनेका छन ।
४)बहुसंख्यक तमूविद्धानहरु मंगोलियाबाटै चीन, तिव्बत हुदै नेपालको मुस्ताङ , मनाङबाट गण्डक प्रदेश प्रवेश गरेकोविश्वास गछर्न ।

उपरोक्त चौथो अवधारणा अनुसार आज भन्दा आठ, नौ हजार वर्ष पहिलेबाट नै तमू सभ्यताबारे वयान गरेको पाईन्छ । तत्अनुसार तमूका पुर्खाहरु नौ हजार वर्ष पहिले मंगोलियामा देखा परे पछि “छो” नासा भन्ने ठाउँ (सुन्दर तालको छेउमा) पहिलो बस्ती बसाली उवा (गहुँ जस्तो) अन्न उमेरको वर्णन छ । त्यस पछि तमूहरु विस्तारै “स” नासा “त्हो“ नासा “सी” नासा र “क्रो” नासा हदुै दक्षिण तिरको न्यानो र उर्वरा भूमि तर्फ अघि बढेको उल्लेख छ । नासाको अर्थ तमू भाषामा गाउँ हो ।

छो नासा भन्ने ठाउँ धार्मिक तवरले पवित्र र क्रो नासा कृषि उत्पादनको लागि उपयुक्त भएको भनिएको छ । उक्त नासाहरु चीनको क्विनहाई, सिचुया, युवान प्रान्तमा रहेको अनुमान छ । तमूहरु नासा (गाउँ) मा र समुहमा बसोवास गरेको देखिएकोले हाम्रो पुर्खाहरु आठ नौ हजार वर्ष पहिले नै कृषियुगमा प्रवेश गरेको प्रमाणित हुन्छ । द्द तमूको क्येर्लो (उत्पत्ति शास्त्र) अनुसार मंगोलियामा नै नौं डाँडाँमा नौ गुरु र सात तालमा सात माता (म्हाँ ङी) उत्पत्ति भएर तमूको बंश चलेको भन्ने किंवदन्ती छ ।

मंगोलियामा ताललाई नूर, चीनमा नोर र तिव्वतमा छो भनिन्छ । तमूको मृत्यु संस्कारमा मृत व्यक्तिको आत्मालाई तालै ताल भएको ठाउँमा खे नासा (पितृ लोक) पुर्‍याई आफ्नो पुर्खाहरुको आत्ममा लिन गराउने भन्ने सेर्गा गित ईतिहासिक र मार्मिक छ । बसाई सराईको क्रममा तमूहरुको एक समुह कोकोनोर (चीन) बाट छयाम्ङो भन्ने ठाउँ (बसाई सराईको मुलद्धार चार पाँच हजार वर्ष पुरानो गाउँ भएको ठाउँ यहाँ तीन नदीको त्रिवेणी पनि पर्ने ठाउँ, प्राचीन चीनको रेशम मार्गको मिलन बिन्दु पर्ने ठाउँ) भएर सिगात्से (अहिले नेपालको रसुवागढी नाकाको उत्तरमा पर्ने ठाउँ) भएर मुस्ताङ पुगेको र अर्को समुह कोकोनोरबाट लोखा भन्ने ठाउँ (ब्रहमपुत्र नदीको सेरोफेरो र अहिले ल्हासा अन्तराष्ट्रिय विमान स्थल नजदिक) भएर सिगात्सेमा दुवै समुह भेट भएर मुस्ताङ आएको भनिन्छ ।

यसै समुहका न्यात्री चन्पो (नोचनका १३औं पुस्ता) लेईशा पुर्व ३०० ताका लोखाकोराजा भएर राज्य गरके ोवर्णन पाईन्छ । मंगोलियाबाट तमूलाई मुस्ताङ (थाकखोला) पुग्न पाँच, छ हजार वर्ष र दुइर्, तीन सय पुस्ता लागेकोहुन सक्छ । सिंगात्सेबाट एक समुह वर्तमान वाग्मती क्षेत्र प्रवेश गरेका तमूजातीहरु कालान्तरमा तामाङ कहलिए र थाकखोला पुगेर त्यहि बसेका तमूहरु थकाली बनेको ईतिहास छ । यी दुई समुह तमुबाट तीन हजार वर्ष पहिले छुट्टिएको अनुमान गरिएको छ ।

मुस्ताङबाट बहुसंख्यक तमूहरु सन् २००–३०० तिर कास्की जिल्लाको क्वोला सोंथर भन्ने ठाउँमा बस्ती (राज्य) स्थापना गरेको भगनावशेष अहिले सम्म यथावत छ । क्वोलाबाट सिक्लेश (चिलीग्यल्सा) को बाटो भएर गण्डक प्रदेशको अनेक क्षेत्रमा राज्य स्थापना गरेको ईतिहास छ । त्यस्तै अर्को प्लोन गुरुङको समुह मुस्ताङबाट बुकेनीको बाटो दइली डाँडा भएर घान्द्रुक क्षेत्रमा राज्य स्थापना गरेको मानिन्छ । गण्डक क्षेत्र भन्नाले अहिलेको गण्डकी प्रदेश अन्र्तगत कास्की, लम्जुङ, गोर्खा, तनहुँ, स्याङजा, पवर्त , मनाङ, मुस्ताङ जिल्ला हुन । तमूले यस क्षेत्रमा प्रवेश गर्दा यस क्षेत्रमा अन्य कुनै जातीको बसोबास नभए पनि फाटफुट कुसुण्डा जाती रहेको भनिन्छ । भारतमा सन् ११०० तिर मुस्लिम आक्रमणबाट विस्थापित भई हिन्दुहरु नेपालको तराई क्षेत्र भएर सन् १२००–१३०० मा गण्डकी प्रदेश प्रवेश गरि तमूहरुसँग जम्का भेट भएको थियो । ठकुरी राजा जगजित खान शाहलेअनेक षडयन्त्र र जाल झेलबाट तमूघलेराजालाई कास्कीकोटबाट विस्तापित गरे पछि कहि सैनिक बलले र कहि जाल झेल/ षड्यन्त्र गरी सन् १५०० बाट सन् १५६० सम्म तमुवान भरीका तमु घले राज्यहरुलाई परास्त गरी तमुवानमा आर्य हिन्दुहरुको राज्य स्थापना भएपछि यहाँका सोझा आदिबासी गुरुङहरुको जग्गा जमिन बाँडफाँड हुँदा आगो ढलो (भिरपाखा) गुरुङको, पानी ढलो (समथर जमिन) बाहुनको हुने भन्ने प्रथा कायम भएकोथियो। योअर्थमा पोखराको पानी ढलो(समथर जमिन) पनि गुरुङबाट त्यतीबेला छिनिएको र पछि गोर्खा भर्तिको आयबाट पो गुरुङ पोखरा झरेको देखिन्छ । पर्वतको पानी ढलो समथर जमिन भएको पाङ गाउँको नाम गुरुङ गाउँ छ तर त्यहाँ कुनै घ गुरुङको बसोबास छनै ।

यस्तै अरु ठाँउ पनि हनु सक्छ । जस्तो लम्जुङको बेँसीशहर आदि । बेँसी ( समथर उब्जाउ जमिन) मा औल लाग्छ, झर्न हुन्न भन्ने व्यापक भ्रम पनि फैलाईएको थियो । पछि तमुहरु ठकुरी राजा पृथ्वी नारायण शाहको गोर्खाली सेनामा सम्मिलित भई नेपाल एकिकरण क्रममा नेपालको पुर्व–पश्चिमका अनेक ठाउँहरुमा फैलिन पुगेको देखिन्छ । वि.स. २०२२ सालमा तराईमा औ लो उल्मुलन भए पछि तमूहरु तराईको विभिन्न भागमा पुगेका छन । त्यस्तै गोर्खा भर्तिको क्रममा भारतको शिलाङ, देहरादुन, धर्मशाला लगायत विभिन्न ठाउँमा पुग्नुको साथै तमूहरु सिंगापुर, हङकङ, बेलायत आदि विश्वका विभिन्न देशहरुमा बसोबास गर्न पुगेका छन । तमूर गुरुङ्ग एउटै जातीलाई जनाउनेशव्दहरु हनु । “त” कोअर्थ बज्र अथवा माथि र “मु” को अर्थ आकाश हो त्यसैले तमूको अर्थ आकाशको बज्र सम्झिनु उचित हुनेछ । अर्को भनाईमा क्वोने तमूको बंशावली प्रतिवेदन अनुसार स्याङजा जिल्लाको एक नाम चलेको वस्तीको नाम गरुहँबाट कालान्तरमा गुरुङ्ग भएको विश्वास गरिन्छ । जात, पात, उँच, निच, छोई छिटो नमान्ने कुल धर्म र बुद्ध धर्म मान्ने तमूहरु हिन्दुहरुको सम्पर्कमा आए पश्चात उनीहरुको आदेश, लालमोहर र एक देश, एक धर्म , एक भाषाको नितीले हिन्दु धर्म मान्न बाध्य पारियो । यो क्रम २०० वर्ष रसात, आठ पुस्ता सम्म जारी रहन गएकोलेतमूकोभाषा, धर्म, संस्कृति र ईतिहास नै लोप हुने स्थितीमा पुगेकोहामी देखि रहेका छौ । अहिले नेपाल गणतन्त्र र धर्म निरपेक्ष राज्य भएकोछ ।

तमूजातीहरुले मान्दै आएको बद्धु धर्म र कुल धर्मको विकास र तमूहरुले मान्दै आएको चाडको पनि आकर्षण परिपाटी मिलाउनु र तत्नुसार मान्नु पनि छ जसले गर्दा हाम्रो तमूहरु अन्य जातीहरुको धर्म तिर नढल्कियोस । तमू जातीहरुले मान्दै आएको तथापी मान्नेक्रममा रहेको  चाडहरु निम्न छन :
१) तमू ल्होसार (१५ पौंष) , तमू जातीको नयाँ वर्ष फेरिने र ल्हो पनि फेरिने दिन । यो तमूजातीको प्रमुख चाड हो ।
२) माघे संक्रान्ती (प्रकृती पुजा) । यो पर्वमा धर्ती, आकास, चन्द्र, सुर्यको पुजा गर्ने र वर्ष दिन भरि गरिने कामको घर सल्लाह तथा योजना बनाउने दिन ।
३) माघ महिनाको औंसी म्हाँ ङी पुजा । यो सात माताको नाम लिएर सामुहिक प्रार्थना गर्ने महिलाहरुको पर्व हो । यो दिन महिला र चेलीहरुको सुरक्षा, मान सम्मान गर्ने कार्यक्रम बनाउने र संचालन गर्ने गरिन्छ । नेपालगंज र तमु ह्युल छोंज धीं केन्द्रीय समितिमा यो पर्व मनाउँदै आएको छ ।
४) बशौख पूर्णिमा / बुद्ध जयन्ती : बद्धु जन्मिएको ई.पु. ६२३ , ज्ञान प्राप्त गरेको ई.पु. ५८८, बुद्ध परिनिर्वाण भएको ई.पु. ५४३ । उक्त घटना घटेको मिती फरक फरक भएता पनि तिथी द्ध एउटै थियो त्यो हो बैशाख पूर्णिमा । यो पर्वमा बुद्धको शान्तिको सन्देश दिने विभिन्न कार्यक्रमहरु गरिन्छ ।
५) असार पूर्णिमा : यो धर्मचक्र प्रर्वतन दिवश हो । बुद्धले बद्धु गयामा ज्ञान प्राप्त गरे पश्चात सारनाथ गएर प्रथम पटक आफलु े प्राप्त गरेको ज्ञान चार आर्य सत्य, अष्ठमार्ग र शील बारे पाँच चेलालाई प्रवचन दिएको दिन । यसै दिन भिक्षुहरुको तीन महिने वर्षावास पनि प्रारम्भ हुन्छ ।
६) साउने सक्रान्ती : (प्रकृती पुजा), रोग, व्याधि, बाढी पहिरो प्रति सतर्कता प्रयावरण शुद्ध राख्ने प्रयास । वृक्षारोपण तथा सुरक्षा गर्ने ।
७) ट्हो ट्हेँ (गाँउ पूजा) : यो पर्व श्रावण महिनाको अन्तिम मङ्गलबारको दिन मनाईन्छ । गाउँ, टोलको सुरक्षाकोउपाय अपनाउने। विकृती र विसंगती हटाउनेजस्ता कार्यक्रमहरु गर्ने । योपर्व चैत्र महिनामा पनि मनाईन्छ ।

८) आश्विन एकादशिबाट पुर्णिमा सम्म हिन्दुहरुले मान्ने चाड दशैँ हाम्रो नभएको र यसै बिच सप्तमी वा अष्टमीमा हामी गुरुङ्गले पनि पितृ पुजा गर्ने भएकोले यसलाई थप परिमार्जित गरी आश्विन सप्तमीबाट दशमी सम्म चार दिनेखेमा पूजा त्हेंमान्न सकिन्छ । पहिलोदिन सप्तमीमा बिहान चोखो निष्ठा भएर घरमा खेमा पूजा गर्ने । दोश्रो दिन अष्टमीमा गुम्बा / कोहिबोमा गएर खेमालाई बत्ति बालेर पारिवारिक / सामुहिक प्रार्थना गर्ने, कुल पित्र विषयक गोस्ठी गर्ने आदि । तेस्रो दिन नवमीमा ईष्टमित्र भेला गरी भोज गर्ने । चौथो दिन दशमीमा खेमा त्हें टिका गर्न सकिन्छ । जस्तोकार्यक्रम गरेपनि नाम खेमा पूजा त्हें रहोस । धर्म संस्कृति हो, छिटोबदली हुँदैन । २५० वर्षबाट मनाउन लगाएको पर्व हुनाले हाम्रो बानी परिसकेको छ । समय लाग्ला तर दशैँ तिहार आदी हाम्रो चाड होईन साँचो कुरा यहि हो । तिहार यम पञ्चकको ठाउँमा आउन लागेकोभै लो(पर्व) त्हेंआउन बाँकी नै छ ।

९) आश्विन पूर्णिमा : भिक्षुहरुको वर्षावास समाप्त हुने दिन । यो पूर्णिमाबाट कार्तिक पूर्णिमा सम्म कठिन चीवर दान कोकार्य गरिन्छ बद्धु धर्ममा दानको ठूलोमहत्व छ यो एक महिना भरि भिक्षु/लामालाई दानगर्ने समारोह हुने गर्दछ ।

१०) स्यौरा त्हीं : यो तमूहरुको चाड/पर्व आगमनको सुचना दिने पर्व हो । यो पर्व मंसिर महिनाको अन्तिम हप्ता देखि पुष महिनाको पहिलो हप्ता सम्म गाउँ /टोलका बुढापाका, युवायुवती भेला भएर लौं हाम्रो चाड ल्होसार, म्हाँ ङि आयो भन्दै जानकारी दिनुको साथै शुभकामना आदान प्रदान गर्ने, निम्तो दिने आदि गरिन्छ । एक प्रकारले देउसी , भैलो खेले जस्तै हो ।

छ चिवा/अगुवाले भन्ने : तमू भाषामा                 समुहले भन्ने
१) स्यौरा खजी छ्याज्यालो -स्यौरा खेल्न आयौं, -नमस्कार स्यौरा खजीमो
२) च्यु ङि ल्हो लै छ्याज्यालो- बाह्र वर्ग आयो- नमस्कार स्यौरा खजीमो
३) म्हाँ ङी लैं छ्याज्यालो- सात मातालाई -नमस्कार स्यौ रा खजीमो
४) धीं बे ल्क्हे लै छ्याज्यालो- घर धनीलाई -नमस्कार स्यौरा खजीमो

उपरोक्त प्रार्थना पश्चात आफ्नो तयारी अनुसार नाच, गान, कला, कौशल आदि प्रर्दशन गरि सके पछि घर परिवारबाट दान दक्षिणा प्राप्त पश्चात दिनेमोलय (आशिर्वाद) :

चिवाले                                              समुहले
१) ङयो धीं म्ही लै- यो घर परिवारलाई -छ्यावा तजिगै- (शुभ होस)
२) ङयो धीं म्ही लै -यो घर परिवारलाई -ह्ँयावा तजिगै- (लाभ होस)
३) ङयो धीं म्ही लै- यो घर परिवारलाई- कैडो तजि गैं -(प्रगती होस)
४) ङयो धीं म्ही लै- यो घर परिवारलाई -ताँन छ्यामि गैं -(सर्व मंगल होस)

उपरोक्त चाडहरुमा केहि नयाँ रुप दिने प्रयास गरिएको छ । सृष्टि कालमा चाडको जुन रुप थियो त्यसमा धेरै परिवर्तन भएको छ । हिजो आज ईसाइर्, मुस्लिमहरुले हजारौंको संख्यामा गर्ने प्रार्थना पछिको विकसित रुप हो जुन पहिले थिएन । आदिम युगमा मान्छेको सम्म वली दिईन्थ्यो । त्यस्तै चैत महिनाको बडा दशै लाई अशोज महिनामा सारेको हामीलाई ज्ञात नै छ । शिकारी युगमा कुनै चाडपर्व थिएन । कृषि युग र समुहमा बस्न लागे पछि मानवले बनाएका चाडपर्वहरु हुन । चाडपर्वमा धार्मिक पुजा, मान्यजन तथा पारिवारिक भेटभाट आदि गरिन्छ । चाडपर्वमा हुन जानेविकृतीलाई हटाउदै जाने र सकारात्मक पक्ष थप्दै जानु र चाडपर्वको खोजि निती गरि मान्नु पनि तमूहरु कै कर्तव्य हो ।

तमूहरुको उत्पत्ति र नेपालमा आगमनको निम्न कुराहरुमा थप विचार विमर्स तथा अनुसन्धान गरियोस :
१) चीन, तिव्वत, भारत हदुै नेपाल भित्रिएको भनिएकोमा भारतको कुन ठाउँमा बसोबास गरेका हुन ? त्यस ठाउँमा कुनै अवशेष र कोहि सन्तती छन ?
२) नेपाल मै उत्पत्ति र विकास भनिएको छ । त्यसो भए नेपालमा किरात काल र लिच्छिवी कालमा तमूहरुको स्थिती कस्तो थियो ?
३) भारत कन्नौजबाट आएका आर्यका सन्तान हुन भन्नेमा तमूहरुलाई ठुलो र सानो बनाएर फुटाउने षडयन्त्र मात्र देखिन्छ ।
४) चीन, तिव्वत, मुस्ताङ, मनाङ अनि गण्डक क्षेत्रको पनि कठिन भुबनोट भएको ठाउँमा आउन किन बाध्य हनु परयो?

चीन, तिव्वतकोत्योक्षेत्रमा तमूजाति माथि कुनै ठुलो आक्रमण भएर विस्थापित हुनु परेको प्रमाण पाईदैन । यस्ता कतिपय विषयहरु छन जसको माथि गहन अनुसंधान र खोजको आवश्यकता छ । तिथी मिती सहितको तमूजातिको ईतिहास हामीले हाम्रा सन्ततीलाई दिन सक्नुपर्छ तसर्थ यस तर्फ सबैको ध्यान जानु जरुरी छ ।
तमुको इतिहास अरुले खोजि गरि देला र लेखिएला भन्नु ठुलो भुल हुनेछ ।

सन्दर्भ श्रोत :
१) तमू क्येर्लो (उत्पत्ति शास्त्र) : टेकन ब्हैइमु तमू
२) तमू जातीको उत्पत्ति र धर्म संस्कृती : होमा तमू थकाली
३) क्योनेतमूको बशंवली प्रतिवदे न : क्वोनेतमूसमाज
४) तमूको ईतिहासिक बृतान्त: डा. जगमान तमू
५) तमू(गुरुङ) जातिकोचिनारी : नारायण ल्हँगे गुरुङ
६) तमू पर्व र संस्कृती : बाल नरसिँह तमू ।