skip this काठमाण्डौं महानगरपालिका ११

शक्ति पीठ गुह्येश्वरी देवी

गुह्येश्वरीदेवी
काठमाडाँैंका प्रसिद्ध कालीहरूमा वत्सलाकाली, महाकाली, दक्षिणकाली र गुह्येश्वरी पर्दछन् । भाषावंशावली अनुसार पशुपतिक्षेत्रका ९ देवीहरूमा गुह्येश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झङ्केश्वरी, भूवनेश्वरी, मङ्गलेश्वरी, वत्सलेश्वरी, राजराजेश्वरी र जयवागेश्वरी हुन् ।
वाराहपुराणमा शिखरवासिनी पार्वतीकोरूपमा गुह्येश्वरीको उल्लेख छ । त्यस पुराणमा अनेक सिद्धहरू बसेको श्लेष्मान्तक वनको गौरीशिखरमा शिखरप्रिया पार्वती सदैव भक्तजनको रक्षाको लागि बसिरहन्छिन् र उनको दर्शन गर्नाले देवीको सालोक्य प्राप्त हुन्छ र देवीको ठीक तलतिर वागमतीमा शरीर त्याग्यो भने देवीको धाम प्राप्त हुन्छ भनिएको छ । पशुपतिपुराणले पनि यो कुरालाई यसरी स्पष्ट गरेको छ ।
गौरीशिखरमूले तु वाग्वत्यां स्नायते तु यः ।
स्त्रीषुसौभाग्यमाप्नोति देव्या लोकं स गच्छति ।।
हिमवत्खण्डका अनुसार गुह्येश्वरी र पशुपतिनाथको उदय सँगसँगै भएको हो । शिवले मृगरूप लिई अन्तध्र्यान हुँदा देवताहरूले शिवलाई खोज्न थाले । उनीहरू हालको गोकर्णेश्वर ‘गुञ्जपर्वत’ मा आइपुगेर ब्रह्माजीले समाधि लगाए । देवताहरूले शिवलाई खोज्दै आउँदा वागमतीको पूर्वी तटमा एक सात वर्षकी कन्याले बालुवाको वेदी बनाइरहेको देखे । देवताहरूले ती कन्या नै पार्वती भन्ने सोचे । देवताहरूले उनलाई सोधे– प्रश्नको उत्तरमा ती कन्याले शिवजी यतै नैऋत्यकोणमा मृगको रूपमा हुनुहुन्छ भन्ने जवाफ दिइन् र ती कन्या त्यहीँ गुप्तवास भइन् । देवीलाई गुप्तदेवी भनिन थालियो । पछि यिनको नाम गुह्येश्वरी भयो ।
नाथसम्प्रदाय अन्तर्गतको ‘महामेघमाला’ ग्रन्थमा गुह्येश्वरीलाई साक्षात् ‘कामार्थदायिनी’ अर्थात् काम वा इच्छा पूरा गर्ने साक्षात् देवी भनिएको
छ । त्यसको प्रसिद्धि जनजीवनमा व्यापक रहेको कुरा सरदार अमरसिंह थापाको वि.संं १८४३ को गुह्येश्वरीस्थित मन्दिरको अभिलेखको संस्कृत भागमा ‘गुह्येकाली’ त्यसकै दायाँपट्टि रहेको पद्यभागमा ‘श्रीकामाक्षीदेवी’ र उमा भनिएको बाट पनि पुष्टि हुन्छ ।
पशुपतिनाथको विशद् चर्चा भएको गोपालराजवंशावलीमा प्रसिद्ध शक्तिपीठ गुह्येश्वरीको चर्चा नहुनुचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । गुह्येश्वरीको चर्चा मल्लाकालदेखि विशेष रूपमा भएको कुरा इतिहासविद्हरू बताउँछन् । प्रताप मल्लले वि.संं.१७११ मा १८ श्लोकको ‘सर्वापराधस्तोत्र’ लेखाई गुह्येश्वरी मन्दिरमा राखेका छन् । ११ श्लोकको ‘कालिकाभुजङ्गदशकस्तोत्र’ पनि कुँदाइ राखिएको छ । मल्ल राजाहरूले आपसी सन्धि, सम्झौता गर्ने कागजातहरूमा श्री गुह्येश्वरीलाई साक्षी राख्ने गर्थे । पछि शाहकालमा पनि यो परम्परा कायम रह्यो ।
अतः पूर्वाेत्तरे भागे गुह्येश्वरीति नामतः
मम मूर्तिश्च सा शक्ति र्भक्तानां मोक्षकृत् सदा ।
–नेपालमाहात्म्य, हिमवत्खण्ड
सर्वेश्वरशिव स्वयं भन्नुहुन्छ– शक्तिस्वरुपिणीदेवी भगवती मेरो मूर्त स्वरूपा भएर पशुपतिनाथदेखि पूर्व–उत्तर भागमा रहनेछिन् । मेरा सम्पूर्ण भक्तहरूलाई मुक्ति दिलाउने काम तिनले नै गर्नेछिन् ।
इन्द्र ! देव्या रहस्थानं पुराण सर्वसिद्धिदम् ।
सती गुह्य निपातेन ततोऽपि श्रेष्ठतां गतम् ।।
– कालिकापुराण
ब्रह्माण्डको सृष्टिको उषाकालदेखि गुह्येश्वरीक्षेत्र अति पावनक्षेत्र हो । दक्षयज्ञमा सतीदेवीको देहोत्सर्ग पछि विश्वपरिभ्रमण गर्दै विह्वल भएर सतीदेवीको पार्थिवशरीरलाई लिई शिवजी यसक्षेत्रमा आइपुग्दा सतीको गुह्यपतन पछि यो क्षेत्र झन् बढी श्रेष्ठ बन्न पुग्यो ।
नाभौ च कामिनी रक्षेत् गुह्यं गुह्येश्वरी तथा भनेर सप्तशती चण्डीले हाम्रो शरीरको नाभिभाग कामिनीदेवीले र गुप्तभाग गुह्येश्वरीदेवीले रक्षा गरुन् भनेर पुकार गरेको छ । स्तनौ रक्षेत् महादेवी भनेर पनि पुकारिएको छ ।
काठमाडौंँ राजधानीमा शक्तिसाधना गर्नेहरूले गुह्येश्वरीको नाम सर्वप्रथम पुकार गर्छन् । नेपालभित्र मात्र होइन विश्वभरि नै गुह्येश्वरीको वन्दना गरिन्छ । सर्वप्रथम सतीको अङ्गपतन भएको गुह्येश्वरीदेवीलाई उमाको रूपमा पशुपतिनाथले आपूmसँगै विराजमान् हुन भन्नुभएको छ ।
विश्वको सर्वाेत्कृष्ट शक्तिपीठ गुह्येश्वरी आराध्यदेव पशुपतिनाथको मन्दिरदेखि एक डेढ कि.मि. उत्तर–पूर्वमा रहेको छ । गुह्यकालीको रूपमा परिचित गुह्येश्वरीक्षेत्र उत्तरतर्फबाट पवित्र वागमतीनदी बगेकी छिन् । नेपालकै कुलदेवीको रूपमा रहेकी गुह्येश्वरी एक प्रसिद्ध शक्तिपीठ हो । आपूmले सिद्धि चाहने भक्तहरू उनको विशेष चिन्तन गर्ने गर्छन् । गुह्येश्वरीको दर्शन विना पशुपतिदर्शन सफल नहुने मान्यता छ ।
गुह्येश्वरीको मन्दिर गुम्बज, प्यागोडा वा शिखरशैलीको नभएर एक छुट्टै किसिमको छ । खास कुनै विशिष्ट मूर्ति नभएको यसको गर्भगृहमा सतीको गुह्य आकार चिन्हको प्वाल गोलाकारको छ । यो जलकुण्ड सदैव जलले पूर्ण हुन्छ । चाँदीले वरिपरि मोरिएको यो प्वाललाई स्वर्णजडित कलशले छोपेर राखिन्छ । कलशमा पूजा गरेपछि कलश उठाएर सो प्वालबाट जल सेचन गरिन्छ । गुह्यकाली ठूलो पवित्र स्थान हो भनेर देवीभागवतले वर्णन गरेको छ ।
“गुह्यकाल्या महास्थानं नेपाले यत्प्रतिष्ठितम्” (देवीभागवत)
तान्त्रिकविधिले नित्य पूजा गरिने देवीमन्दिरअगाडि प्रवेशद्वारमा तान्त्रिक विधिकै नग्न एवं अर्धनग्न भित्ते चित्रहरू छन् । चाँदी एवं पित्तलका पाताले घेरिएको नागपाशमा अष्टमातृकादेवीसहित चँदुवामुनि देवीको पीठ छ । मुख्य पीठमा जानको लागि भित्रपट्टि सिँढीहरू ओर्लिएर जानुपर्छ । जलकुण्डमा अर्पण गरेको जल तलै पुग्छ । भुक्तिमुक्ति दुबै चाहने भक्तहरूको प्रायशः भीड लाग्ने गुह्येश्वरीदेवीको चित्रण तन्त्रशास्त्रले गरेको छ । दशदिक्पाल र पञ्चप्रेतसहितको सिंँहासनमा विराजमान, दशशिरयुक्तदेवी जिब्रो चलाइरहन्छिन् । बालकका टाउकाहरू आन्द्रामा उनेर लगाएकी देवीका ५४ हातहरू छन् भनिएको छ । मेघको जस्तो शरीर नीलकमल र इन्द्रनीलमणि समान नेत्र भएकी देवीको गहना सर्प हो । बाघको छाला लगाएर चितुवाको छाला ओढेकी यी देवीको तेज असीमित छ । रगतको कुण्डमा रक्त मांसले बनेको बालुवासहित ९ करोड चामुण्डाले भैरवसहित घेरिएर बसेकी देवी भक्तहरूका लागि समेत घोरमुखी डरलाग्दी देखिन्छिन् ।
बौद्धधर्मका महायानी र हीनयानीहरू दुवैले गुह्येश्वरीलाई योगिनीदेवीको रूपमा प्रार्थना गर्छन् । राजभोगमालावंशावलीले यी देवीको चिनारी सन् १०७० को दशकमा राजा शङ्करदेवतृतीयको पालामा दिएको बताइएको
छ । देवीको सामान्य चिनारी भए पनि उत्खनन् कार्य त्यसबेला हुन
सकेन । सन् १६४० को दशकमा राजा प्रताप मल्लका दरवारमा एक ब्राह्मण बस्थे । ती ब्राह्मणले विभिन्न ग्रन्थहरूको अध्ययन अनुसन्धान
गरे । महाकालसंहिता अध्ययन गर्ने क्रममा श्लेष्मान्तकवन नजिक गुह्येश्वरीस्थल छ भन्ने उनले अनुमान गरे । समयको अन्तरालमा अध्ययन एवं खोजी कार्य अगाडि बढ्दै गयो । त्यहाँ स्त्रीहरूको रूप देखिन थाल्यो । त्यो क्षेत्रमा खन्न थालियो । गुह्येश्वरीको अनुमान लगाई अनुष्ठान गर्ने क्रममा एउटा चम्किलो ज्योति उदय भयो । ती ब्राह्मणले त्यो दृष्यको रूपरेखा राजालाई बताए । सबैतिर खैलाबैला भएपछि राजाले विद्वान् लम्बकर्ण भट्टसँग सरसल्लाह लिए । थप उत्खनन कार्य जारीरह्यो । उत्खनन् गर्दै जाँदा पुराना भग्नावशेषहरू देखिन थाले । पानीको स्रोत मूल फेला प¥यो । पानी फुटेको त्यो क्षेत्रमा एउटा स्फटिकको कलश राखियो । सुरक्षाको लागि वरिपरि पर्खालले घेरियो । नित्य पूजा गर्ने व्यवस्था सुरु भयो । राजा शङ्करदेवतृतीयका पालामा नै अनुमान गरिएको गुह्येश्वरीको व्यवस्थित पूजाको चलन प्रताप मल्लले सुरु गराए । मन्दिरको निर्माण पनि भयो । निरन्तर पूजा हालसम्म चल्दै आएको छ र वेलावखत मर्मत कार्य पनि भैरहेको छ ।
मृगस्थलीतिरबाट, प्रसिद्ध गौरीघाटतीर्थबाट, भगवान् किरातेश्वरक्षेत्रबाट पूर्वाेत्तरभाग वागमतीतटबाट सिँढी चढेर मूलमन्दिरमा पुग्न सकिन्छ । मूल मन्दिरको प्रवेशद्वार पश्चिम फर्केको छ । वरिपरि ठूला सत्तलहरू छन् । जुनवेला पनि पालेपहरा भैरहने यो क्षेत्रमा भजन, कीर्तन, सप्तशतीचण्डी पाठ, देवीभागवत अनुष्ठानहरू भैरहन्छन् । शनिवार, मङ्गलवार विशेष भीड लाग्ने यसक्षेत्रमा नवरात्रिमा पाइला राख्ने ठाउँ नै हुँदैन । शक्ति साधना गरी शिवतर्फ जाने गुह्येश्वरीमन्दिरको पश्चिम निकास ढोकाबाट मृगस्थली भै ठूला अग्ला सिढीहरू चढी पुनः ओर्लिएर वागमतीनदी पार गर्दै पशुपति वत्सलादेवी आर्यघाटक्षेत्र पुगिन्छ । दोहोरो यो बाटोमा बिहानको भ्रमण गर्र्ने स्वदेशी र विदेशीहरू पनि प्रसस्त देखिन्छन् । मृगहरू र बाँदरहरूले थप शोभा दिएको यसक्षेत्रमा मन बहलाउन जानेहरूको संख्या पनि प्रतिदिन धेरै देखिन्छ ।
गुह्येश्वरशिव
गुह्येश्वरशिवलिङ्ग मातागुह्येश्वरीमन्दिरप्राङ्गण खुल्लाक्षेत्रमा रहेको
छ । ६४ ज्योतिर्लिङ्गमध्येको श्रीगुह्येश्वरशिवलिङ्ग गुह्येश्वरीमन्दिरको ढोकाबाहिर दाँयापट्टि छ । सुन्दर शिलायुक्त गुम्बजशैलीको सानो मन्दिर रहेको यसक्षेत्रमा पश्चिमतर्पm रहेको छ । उत्तरमा यज्ञकुण्डहरू रहेको यसक्षेत्रमा अन्य देवदेवीका शिलामूर्तिहरू रहेका छन् । मार्गकृष्णचतुर्दशीमा विशेष पर्वपूजा गरिने यस शिवलिङ्गका बारेमा स्कन्दपुराण हिमवत्खण्डमा विस्तृत चर्चा भएको छ ।
गुह्येश्वरशिवजीको उपासना गर्ने भक्तले सर्वत्र विजय प्राप्त गरी आफ्ना इच्छाहरू समेत पूरा गर्न सक्ने कुरा शास्त्रमा वर्णित छ । गुह्येश्वरशिवलिङ्गका विशेष व्रतीलाई सत्ययुगमा पितृपक्ष, आश्विनकृष्ण अष्टमीका दिन गुह्येश्वरशिवले दर्शन दिएर भवरोगबाट मुक्ति दिएको प्रसङ्ग पनि हिमवत्खण्डमा उल्लेख गरिएको छ ।
मृगस्थलीक्षेत्रभन्दा तल पवित्र वागमतीनदीकातटमा रहेको गुह्येश्वरीक्षेत्र सिद्धाञ्चलपर्वतमा सृष्टिकर्ता व्रह्माजी आएर गुह्येश्वरीदेवी र गुह्येश्वरशिवको सयुक्त शिवशक्ति साधना गरेपछि व्रह्माजीले साह्रा ब्रह्माण्डको रचना गर्ने शक्ति प्राप्त गर्नुभएको हो । त्यस्तै श्रीविष्णु यहाँ आएर संयुक्त शिवशक्ति साधना गरेपछि विश्वब्रह्माण्डको पालन भनौँ रक्षाशक्ति प्राप्त गर्नुभएको हो । इन्द्र, वरुण, यम, निऋति, कुवेर आदि दिक्पालहरू यहाँ भेला भएर संयुक्त शिवशक्ति साधना गरे पछि संसारको १० दिशाको मालिक (दिक्पाल) हुने अवसर प्राप्त गर्नसकेका हुन् ।
सत्ययुगमा एक कुलटा नारी थिइन् । पतिव्रता धर्म नष्ट भएका कारण उनको पतिको चाँडै मृत्यु भएछ । तात्कालिक चलनअनुसार लोकापवादबाट बच्न उनी वागमतीतटमा सती गैछन् । पछिल्लो जन्ममा वागमतीतटको मृत्युको कारणले ठूला राजाकी रानी हुन पाइछन् । राजा धार्मिक भएकाले पिङ्गला रानीको पूर्वजन्मको कुलटा संस्कार थाहा
पाएछन् । राजाचाहिँ रानीदेखि रिसाउन थालेछन् । क्षणक्षणमा राजा रिसाएकाले रानी चिन्तित भइछन् । सिद्धपुरुषहरूको उत्साहले उनी साथीहरूका साथ आएर कृष्णपक्षका नवमीको रात्रिमा जाग्राम बसी गुह्येश्वरीको आराधना गर्न लागिछन् । भगवती गुह्येश्वरी सामु आफ्ना पति आफ्नो बसमा होऊन् भनि प्रार्थना गरेको देखेर देवीले खुसी भई रातमा दर्शन दिनुभएछ । गुह्येश्वरीमाताले षोडशश्रृङ्गारका सामान पनि उपलव्ध गराउनुभएछ । आफ्ना सामुन्ने देवीबाट प्राप्त सौभाग्यका श्रृङ्गार सामानसहित भोलिपल्ट दशमीको दिन उनले गुह्येश्वरीको विशेष पूजा गरिछन् । आपूmले पनि सोह्रै श्रृङ्गार, वस्त्र धारण गरिछन् र आफ्ना पतिको नाममा सौभाग्य धारण गरिछन् ।
पिङ्गला रूपवती सोह्र श्रृङ्गारले युक्त भएको खवर स्वर्गमा पुगेछ । स्वर्गबाट इन्द्रमाहाराज गुह्येश्वरीमा आएछन् । इन्द्रले स्वर्गमा लगेर राम्रो स्थान दिने प्रण पनि गरेछन् । पिङ्गलाले इन्द्रको प्रस्तावलाई अस्वीकार गर्दै भनिछन्– ूम पतिव्रता नारी, मलाई स्पर्श ग¥यौ भने तिम्रो भष्म हुनेछू । इन्द्र त्यहाँबाट फर्केछन् । दैवी प्रभावका कारण राजा पनि आफ्नी रानी खोज्दै गुह्येश्वरी आइपुग्दा रानीको दिव्य कान्तिबाट प्रभावित भई रानीलाई दरवार लगेर प्रेमपूर्वक सुखसयलमा राखेछन् । अत्यन्त सुखभोग प्राप्त गरेकी रानी पछि मणिद्विपकी पनि श्रेष्ठ व्यक्ति हुने अवसर प्राप्त गरिछन् ।
धेरै पहिलेको कुरो हो । मिथिलानगरको एक व्यङ्गनामक व्याधाले पवित्र वागमतीको महत्व बुझेर स्तुति गरेछ । जीवनभरि पाप गर्ने, जीवहत्या गर्ने त्यस व्याधाले मृत्युका समयमा पवित्र वागमतीको नाम स्मरण गर्दै हरहर गङ्गे भन्दै प्राण छोडेछ । वागमतीको स्मरणको प्रभावले पछिल्लो जन्ममा एक कर्मेष्ठिसाधक भई जन्मिएर साधुहरूका साथमा गुह्येश्वर शिवको भक्त भएछ । अन्ततः उसलाई पनि यस भबाटवीबाट छुटकारा मिलेछ । उसलाई सिद्धि प्राप्त भएको कारण जन्म–मृत्युको चक्करमा पर्नु परेनछ ।
नव दुर्गा उपासना २०८२ को क्रममा एक टेलिभिजन च्यानल सहित गुह्येश्वरी मन्दिर गुठी व्यवस्थापनका अध्यक्ष रामकृष्ण कर्माचार्य संग पंक्तिकारले माताजीको मूर्ति छोएरै दर्शन गर्न नसकिएको र बाल्यकालदेखि भित्रै बसेर सप्तशती पाठ गरिरहेको सन्दर्भमा हाल यसो हुन नसकेको बारे जिज्ञासा राख्दा सुवर्ण खिइँदै गएको र मर्मत खर्च बढी लाग्ने गरेकाले र बढी भीडभाड बाट बचाउन ढोका नजिकबाटै भक्तहरुलाई दर्शन गराउने गरिएको जानकारी आम सन्चार हामीलाई गराए । पहिलो दिन नवरात्रि दर्शनको क्रममा अस्ति घटस्थापनाको दिनमा त्यहाँ पुग्दा लगन नभए पनि बिहे गर्ने जोडीहरुको लामो भीड देखिएको थियो र समितिका अध्यक्षलाई प्रश्न राख्दा हाम्रो आयस्रोत भनेकै यही हो भन्ने खरो जवाफ दिए हामीलाई ।