skip this काठमाण्डौं महानगरपालिका ११

केपी ओलीले भने केही मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए मार्ने थिए ।

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते केही मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्।

भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा प्रदर्शनकारीहरूको आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाएका हुन्।

‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। हठात् सत्ता नै पल्टाउने घटना भएकाले आफूले तयारी नै गर्न नपाएको उनको भनाइ थियो।ओलीले प्रदर्शन चर्किंदै गएपछि सुरक्षा संयन्त्रले केही पनि गर्न सक्दिनँ भनेको
‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो,’ उनले पासाङ शेर्पासहितको समूहसँग भने।

अन्तिममा नेपाली सेनाले भगाइसम्म दिएको ओलीले बताएका थिए।