१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमासुशीला कार्की नेतृत्वको सरकारले चुनाव नै नगराउने जिकिर गरेका छन् ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘यो सरकारले चुनाव नै गराउँदैन, नहुने निर्वाचन बहिष्कार गर्ने भन्ने कुरा नै नआउने तर्क गरे ।
ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरे।‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ । यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,’ उनले भने, ‘यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु?’
उनले आफू नलत्रिने बताए। १४ वर्ष जेल पनि देखेको छु। नेल–हतकडी लगाएर गोलघरभित्र बसेको पनि याद छ मलाई। यस्ता अनेक झेलेर आएको छु। फेरि पनि मलाई यस्ता दु:ख कष्ट झेल्न कुनै गाह्रो छैन।’


















