नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीको टोली निर्वाचन आयोग पुगेका छन् । रेशम चौधरीसहितको टोली ‘ड्रेस कोड’ सहित बिहीबार आयोगको कार्यालय पुगेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी दर्ता गर्ने तयारी गरेका थिए । नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।



















