skip this वडा नं १६ बालाजु च:मती

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेकाे रिट दर्ता, बुधबार पेसी

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ । मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए । उक्त रिटका पेसी बुधबार (कात्तिक २६) गतेका लागि तोकिएको छ ।