बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् ।
सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।


















