skip this वडा नं १६ बालाजु च:मती

हामी अब देशको सबै भन्दा ठुलो पार्टी बन्दै छौ,राधा थापा नेतृी नेपाली कम्युनिस्ट पार्टी।

 

अहिले सबै तिर जेनजी पुस्ताले गरेको आन्दोलनको चर्चा परिचर्चा भईरहेको छ यो आन्दोलनको आआफ्नै किसिमले विष्लेषण भई रहेको छ । यहाँले जेनजी आन्दोलनको बिष्लेषण कसरी गर्नुहुन्छ ?

जेनजी युवाहरुको आन्दोलन देशमा व्याप्त भष्टाचार अन्त्य र सुशासनको पक्षमा थियो । यो देशलाई संमृद्धी तर्फ लानुपर्दछ भन्ने भावना साथ थियो । जेनजीको तत्तकालिन माग सरकारले सामाजिक सञ्जाल बन्द गरेको बिरोध थियो । यसरी हेर्दा आन्दोलन जेनजी आन्दोलन जायज र पबित्र उदेश्य सहित गरिएको स्वस्फुर्त आन्दोलन थियो ।

तत्कालीन प्रधानमन्त्री के पी ओलीले त आन्दोलन विदेशीको ईसरामा भयोे भन्नुहुन्छ नि ?

नेपालीहरुमा एउटा बानी के छ भने आफुले पनि नगर्नै अरुले गरे पनि त्यसमा नकरात्मक टिप्पणी गर्ने । जेनजी आन्दोलन बिदेशीको ईसारामा भयो भन्ने पनि यस्तै अरुले गरेको देखि नसहने प्रवृतिको उपज हो । जेनजी युवाहरुको आन्दोलन देशमा ब्याप्त भष्टाचार अन्त्य र सुशासनको पक्षमा थियो। आन्दोलन बिदेशीको ईसरामा भयो , बिदेशी घुस पैठ भयो भन्ने मलाई लाग्दैन । यो जेनजी पुस्ताका युवाको पबित्र उदेश्य सहित गरिएको स्वस्फुर्त आन्दोलन थियो ।

भने पछि देश भित्र अशान्ती भयो भने बिदेशी शक्तिले चासो राख्ने त्यसमा खेल्ने प्रयत्न गर्ने सामन्य हो तर मुख्य कुरा देश भित्रकै विकृती बिरुद्ध जेनजीहरु बिद्रोहमा उत्रिए भन्ने यहाँको निष्कर्ष हो ?
अवस्य पनि तपाईले भने जस्तै देशै भरी जसरी युवा पुस्ताले आन्दोलन गरे सायद सरकारमा बस्नेले त्यस्तो होला भन्ने सोचेका थिएनन होला । आन्दोलनका क्रममा युवाहरुले जुन बिकशित चेतना र बिद्रोहको भाव प्रकट गरेको त्यो देशमा ब्याप्त भष्टाचार अन्त्य र सुशासनको पक्षमा थियो । यो देशलाई संमृद्धी तर्फ लानु पर्दछ भनेर गरिएको थियो । आन्दोलनमा २३ गते सरकारले दमन गर्यो, प्रदर्शनमा सहभागि बिद्यार्थी सहित युवाहरुको हत्या भयो । सायद यो हत्याबाट ध्यान मोड्न त्यसबेला सरकारमा बस्नेले आन्दोलनमा घु्स पैठ भयो , आन्दोलन बिदेशीको ईसरामा भएको थियो भनेका होलान ।

२३ गते शान्तिपुर्ण आन्दोलन गर्ने भनेर जेनजीले माईकबाटै भनिरहेका थिए । त्यसैले २३ गतेको आन्दोलन युवाहरुको आक्रोश अभिब्यक्ति हो । २४ गते भने सायद आन्दोलनमा घु्स पैठ भयो ,जसको परिणाम देशको कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका माथि आक्रमण भयो । तर यो आक्रमण गर्ने वातावरण बनाएको त सरकारले हो तत्कालीन प्रधानमन्त्री के पी शर्मा र उहाँको सरकारले घुस पैठ हुन सक्छ भनेर सचेत हुनु पर्ने नि भएको देखिएन । राजावादी देखि बिभिन्न शक्ति त सलबलाई रहेकै थिए षडयन्त्र गरि रहेकै थिए नि । सरकारले त्यस तर्फ ध्यान दिएन। तत्कालीन प्रम केपी ओली नेतृत्वको सरकारको हठका कारण देशले ठूलो क्षेति व्यहोर्नु पर्यो ।
२३ गते नै सरकारले आन्दोलनको माग सम्बोधन गरेको भए यो अवस्था आउने थिएन यो क्षेतिको नैतिक जिम्मेवारी केपी ओलीले लिनु पर्दछ भन्ने यहाँको भनाई हो ?

हो सरकारले षडयन्त्र हुन सक्छ । घुस पैठ हुन सक्छ भनेर सतर्क हुनुपर्ने भएन ।

अहिलेको सरकारले फागुन २१ गते चुनाब गर्ने भनेको छ के फागुन २१ मा चुनाव हुन्छ भन्ने लाग्दछ ?

अहिले देशमा जुन समस्या छ त्यो समाधान गर्न चुनाव गर्नै पर्दछ अरु बिकल्प छैन ।

अदालतमा मुद्धा चलिरहेको छ नेकपा एमालेले पनि अहिलेकै अवस्थामा चुनावमा नजाने भनेको छ ?

राष्ट्रपतिले संसद बिघटन गरि सुशिला कार्कीको नेतृत्मा सरकार गठन गर्दा नै यो सरकारलाई फागुन २१ मा चुनाब गर्ने म्याण्डेट दिनुभएको छ । त्यसैले देशको समस्या समाधान गर्न चुनाव गर्नै पर्दछ । अब चुनाबको बिकल्प छैन । नत्र त पुन अर्काे आन्दोलन हुन सक्छ । अब सबै पार्टी चुनाब सफल बनाउन लाग्नुपर्दछ ।

तपाईहरुको पार्टी नेकपा माओबादीको पहलमा माओबादी सहित विभिन्न १० वाम बिच एकता गरी नेपाली कम्युनिस्ट पार्टीले बनाउनुभएको छ पार्टीका गति बिधि कसरी अगाडी बढि रहेका छन ?

माओबादी र एकिकृत समाजवादी सहित बिभिन्न १० वाम बिच एकता गरी नेपाली कम्युनिस्ट पार्टीले घोषणा गरेको धेरै भएको छैन । अहिले पनि बिभिन्न बाम पार्टीसंग एकताको क्रम जारी छ । बिभिन्न जेनजी समुहसंग पनि कुरा भएको छ । हामी देशका समस्या समाधान गर्ने गरि जेनजीले उठाएका माग सम्बोधन गर्ने गरि चुनाबमा जाने तयारी गरि रहेका छौ ।
दश वाम बिच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी डेट सकिएका नेताहरुको बृद्धश्रम भयो भनेर भन्ने पनि छन अनि , एकता पछि बनेको नेपाली कम्युनिस्ट पार्र्टीमा ३५ सदस्य सचिवालय र दुई हजार जतिको केन्द्रीय समिति हुने देखिन्छ । यसरी हेर्दा भनाई सहिनै देखिन्छ होईन र ?

ठिकै प्रश्न गर्नुभयो,एक थरीले नेपाली कम्युनिस्ट पार्टी बुढा पाका नेताको पार्टी भयो भन्ने पनि छन तर उहाँहरुले आरोप लगाए जस्तो बुढापाका नेताको होईन कि यो नेपालका सबै बाम पार्टी र कम्युष्ट पार्टीका नेताहरुको एकता भएर बनेको पार्टी हो । उहाँहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको योगदान र अनुभव तथा युवाहरुको बिचारलाई समायोजन गर्दै अगाडी बढ्छौ । अनुभवी नेताहरुले अभिभावकको भुमिका निभाउनुहुन्छ । यसले पार्टी अगाडी बढाउन सहज हुन्छ । घर पनि त अभिभावक भए कति सहज रुपमा चल्छ । पार्टी पनि यस्तै हो । उहाँहरु त बिभिन्न आन्दोलनको नेतृत्व गरेका नेता हुनुहुन्छ । जनयुद्ध गणतन्त्र लोकतन्त्र जस्ता आन्दोलनको नेतृत्व गर्नु भएको छ। अब उहाँहरुको अनुभव र जेनजी तथा युवाहरुको बिचार समेट्दै अगाडी बढ्छौ । राजनीतिमा उमेर भन्दा बिचार र कृयाशिलता महत्वपुर्ण हो । अमेरिकामा डोनाल्ड ट्रम्ट , भारतमा नरेन्द्र मोदी पनि त पाकै उमेरका हुनुहुन्छ । त्यहाँ चलिरहेकै छ त । पाका नेताहरुको अनुभव लिदै पाकाको होस युवाको जोस मिलाएर जानु पर्दछ । अर्काे तपाईले, एकता पछि बनेको नेपाली कम्युनिस्ट पार्र्टीमा ३५ सदस्य सचिवालय र दुई हजार जतिको केन्द्रीय समिति हुने देखिन्छ, यो पदकै निम्ती एकता हो कि भन्नुभयो हामी पद भन्दा ठुलो काम ठान्छौ । काम गर्न पदै चाहिन्छ भन्ने छैन । अरु पार्टीमा काम नगर्ने पद खोज्ने होलान। हाम्रोमा त्यस्तो छैन । सक्षम व्यक्ति त्यसै उज्यालो हुन्छ । उसलाई काम गर्न पदै चाहिन्छ भन्ने छैन ।

अब चुनाबमा के कस्ता ऐजेण्डा लिएर जानुहुन्छ ?

जेनजी युवाहरुको आन्दोलनले उठाएका मुद्धाहरुको सम्बोधन ,देशमा ब्याप्त भष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति, देशलाई संमृद्धी तर्फ लाने कुरा युवाहरुलाई नेतृत्वमा ल्याउने राजनीति स्थायित्व दिने, समावेसीता लगायतका बिषय हाम्रा ऐजेण्डा हुने छन । वृस्तित रुपमा त चुनाब अगाडी यहाँहरु बिचमा घोषणापत्र मार्फत राख्ने नै छौ ।

अहिले एक थरीले राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने भनिरहेका छन अर्का थरीले राजसंस्था ल्याउनु पर्दछ पनि भनिरहेका छन तपाई के भन्नुहुन्छ ?

हाम्रो भनाई त देशमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्दछ भन्ने हो । यसो भयो भने पाँच बर्ष ढुक्कले सरकार चल्छ । अहिले त बिकास निमार्णका योजनामा छिटो छिटो सरकार परिवर्तले गर्दा असर गरेको छ । दुई दुई महिनामा सरकार परिवर्तन हुने गर्दा राजनीतिक अस्थिरता हुने जसका कारणले गर्दा भष्टचार अन्त्य पनि हुन सकेको छैन । एउटा सरकारले भष्टचारीलाई कारवाही गर्न सुरु गर्दछ केही दिनमै सरकार गिरि हाल्दछ । काम वा छानबिन बिचमै रोकिन्छ ।यसले गर्दा पनि भष्टचार बढेको छ । जहाँ सम्म राजसंस्था ल्याउनु पर्दछ भन्ने पनि छ नि भन्ने यहाँको प्रश्न छ । अब पछाडी फर्कन सकिदैन । आवश्यक परे संविधान संशोधन गर्न सकिन्छ । तर पछाडी फर्कन सकिदैन र फर्कन पनि हुन्न ।
यो संविधान दश बर्षे जनयुद्ध लडेर बनाएको संविधान हो । यो भन्दा पछाडी फर्कन सकिदैन । हो यो अपूर्ण हुन सक्छ यसलाई पूर्ण बनाउनु पर्दछ तर पछाडी फर्कन सकिदैन । राजसंस्था नेपाली जनताले नभोगेको हो र ? त्यसबेला न राजनीतिक अधिकार थियो , न बिकास थियो , न जनतालाई अधिकार थियो । केही सामन्तर र प्रधानपञ्चहरुको मनपरि हुन्थ्यो । त्यसै राजसंस्था चाहिन्छ भन्ने त जंगली युगमा फर्के जस्तै हो ।

अन्त्यमा ..?

अन्त्यमा माओबादी र एकिकृत समाजवादी सहित बिभिन्न १० वाम बिच एकता गरेर नेपाली कम्युनिष्ट पार्टीे घोषणा गरेका छौ । त्यस पछि पनि भिम रावल समेत यो एकतामा आउनुभएको छ । हामी अब देशको सबै भन्दा ठुलो पार्टी बन्दै छौ । नेपाली जनता र देशका समस्या समाधानको ऐजेण्डा बोक्ने पार्टी अब यही नेपाली कम्युनिष्ट पार्टी हो । आगामी निर्वाचनमा हामीलाई मत दिनुस् ,बिगतमा पनि साथ दिदै आउनुभएको छ ,अब पनि साथ दिनुस् मत दिनुस् भन्न चाहन्छु ।