सुनचाँदीको मूल्यमा केही गिरावट

अन्तरराष्ट्रिय मूल्य तथा स्थानीय माग–आपूर्तिको प्रभावले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३९ हजार ५०० निर्धारण भएको छ । सोमबार एक तोला सुन रु दुई लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज तोलामा रु तीन हजा। ९० पुगेको छ । हिजो प्रतितोला चाँदी रु तीन हजार १५५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।