मुख्यमन्त्रीको समर्थनमा मधेसमा एमालेको धर्ना

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरूबिच आरोप प्रत्यारोप जारी छ ।नेकपा एमालेका नेता कार्यकर्ताले आज ‘संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ’भन्ने नारासहित जनकपुरको जनकचोक मन्दिर परिसरमा धर्ना दिएका छन् ।

यता सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।