मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । सरकारले ३० कात्तिकसम्मका लागि खुला गरेको मतदाता नामावली दर्ता पाँच दिन म्याद थपेर ५ मंसिरसम्म पुर्‍याएको थियो । उक्त म्याद आज सकिन लागेको हो ।

२० फागनुसम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्ने सक्नेछन् ।