काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको भइरहेको छ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।
पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ । पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।
सभामा सहभागी हुन मन्त्री घिसिङ कार्यक्रमस्थल पुगेका छन् ।
कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् ।


















