प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा पार्टीका तर्फबाट महामन्त्री थापा र केन्द्रीय सदस्य भुसाल जाने निश्चित भएको स्रोतले जनाएको छ ।


















