धुर्वप्रसाद खनाल अध्यक्ष बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्था लि
धुर्व प्रसाद खनाल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहदै आउनु भएको ब्यक्तित्व हुनुहुन्छ । बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्थालिको अध्यक्ष समेत रहदै आउनुभएका खनालले विगत ७,८ वर्षदेखि निरन्तर रुपमा सहकारी क्षेत्रमा विकृतिहरु बढ्न थाले यसमा समयमै सरोकारवाला निकायको ध्यान पुुग्नु पर्दछ भनेर आवाज उठाउँदै आउनुभएको थियो ।
केही व्यक्तिहरुले सहकारीको पैसा दुरुपयोग गर्दै आएका छन् ।यसको उचित अनुगम हुनुपर्दछ भनेर पनि भन्दै आउनु भएको थियो । यद्यपी सम्वन्धीत निकायले उहाँले उठाएको सहि कुरा तर्फ समयमै ध्यान नदिदा सहकारीका समस्या जटिल बन्दै गए । अहिले कयौ संञ्चालक सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा छन । उहँले ऋण नतिर्ने वा रकम हिनामिना गर्नेलाई थुनामा राख्ने भन्दा उसको सम्पत्ति रोक्का गर्ने ,बंैक खाता रोक्का गर्ने ।
उसले राख्न सक्ने नाता गोताका पनि खाता रोक्का राख्ने , उसको पासपोर्ट रोक्का राख्ने तर उसलाई नथुन्ने उसले बाहिर बसेर रकम फिर्ता गर्दछु भन्छ भने समय दिने कुरामा राज्यले सहजीकरण गरि दिने हो ९० प्रतिशत समस्याहरु समाधान हुने पनि बताउनु हुन्छ । प्ररस्तुत छ धुर्वप्रसाद खनालसंगको कुराकानीको सम्पादित अंश ।
तपाई लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहदै आउनुभएको व्यक्तिको हिसाबले अहिले नेपालको समग्र सहकारी क्षेत्रको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
बिगत केही बर्ष खास गरी २०७२ सालको महाभुकप्प र त्यस पछि विश्वव्यापी रुपमा देखा परेको कोरोना महामारी पछि समग्र देशकै अर्थतन्त्रमा असर पर्यो । आर्थिक क्षेत्रमा देखिएको यो असरबाट सहकारी क्षेत्र पनि अछुत रहेन । त्यसैले पछिल्लो समय समग्रमा भन्दा सहकारी क्षेको अवस्था त्यति राम्रो छैन ।यसका बावजुद ग्रामीण क्षेत्रमा ठिकै चलिरहेको छ तर शहरी क्षेत्रमा अलि बढी समस्या छ । पछिल्लो समय देमा लगानीको उचित बाताबरण नहँुदा बैक तथा सहकारी सहित बित्तिय संस्थामा तरलता बढी छ ।
ऋण लगानी गर्ने उचित ठाँउछैन । जेनजी आन्दोलन पछि त झन राजनीति अवस्था पनि तरल छ, जसले गर्दा समग्र आर्थिक क्षेत्रकै अवस्था राम्रो छैन । यसको असर सहकारी क्षेत्र सहित समग्र बित्तिय क्षेत्रमा परेको छ ।
अहिले देशमा साढे ३१ हजार भन्दा बढि सहकारी छन जसमा ७४ लाख भन्दा बढी सदस्य छन ४खर्ब ३६ अर्ब भन्दा बढि सहकारी क्षेत्रबाट लगाानी भएको छ,यसलाई ध्यान दिदै राज्यले सहकारी मैत्री नीति नियम बनाउने देखि प्रयाप्त सहजी करण गर्नुपर्ने देखिन्छ ,त्यो कार्य सरकारबाट कत्तिको भएको छ ?
यहाँले प्रश्न गर्नुभए जस्तै साढे ३१ हजार भन्दा बढि सहकारी दर्ता भए पनि यसमा २९ हजार भन्दाबढी संञ्चालनमा छन । जसमा ७४ लाख भन्दा बढी सदस्य छन ।तर सहकारी जुन उदेश्य राखेर स्थापना भएका छन आफ्नो स्थापनाको उदेश्य अनुरुप सहकारी संञ्चालन भएकोे पाईदैन । सहकारीहरु पनि दलका भातृी संस्था जसरी स्थापना गर्ने र चलाउने गेको देखिन्छ । सहकारी धेरै जसो राजनीति दल कार्यकता र ठुला घरनाका व्यक्तिले स्थापना गरेका छन ।बिगतमा आफु बैक तथा बित्तिय संस्थामा माथिल्लो तहमा हुँदा सहकारीलाई सत्रुको जस्तो ब्यवहार गर्दथे अहिले उनीहरुनै सहभागि भएर सहकारी स्थापना गरेका छन ।
उनीहरुले सहकारीका सात सिद्धान्त अहिले थपेर दश बनाईएको छ ,यी सिद्धान्तका साथै सहकारीका विश्वब्यापी मुल्य मान्यता अनुरुप नगरी त्यसको उल्लघन गर्दै सहकारी स्थापना गरेका छन । लगानी पनि कसैले घर जग्गामा मात्र गर्ने कसैले सहकारी नीजि ब्यवसाय जस्तो गरेर चलाउने सामाजीक रुपमा नचलाउने गरेको पाईन्छ । भागबण्डामा सहकारी दर्ता गर्ने ,दल बिशेषका सहकारी हुने अवस्था छ । बचत कर्ताको लगानी पनि उनुत्पादक क्षेत्र जस्तो कि घर जग्गा गर्ने, सदस्य भन्दा व्यक्तिगत रुपमा र परिवारका सदस्यलाई केन्द्रीत गरेर लगानी गर्ने गरि रहेका छन ,जसका कारण सहकारी क्षेत्रमा विकृती बढेका छन ।
भने पछि कयौ सहकारीका संञ्चालकले बचतकर्ताको रकम आफ्नै वरिपरिका व्यक्तिको नाममा लगानी गरिरहेका छन ?
हो, सहकारीको रकम पनि नाता गोता साला साली भान्जा भान्जीकोमा लगानी गर्ने नातावाद कृपावादमा चलेको छ, यसबाटै सहकारीमा भष्टाचारको सुरुवात भयो । सहकारीको पैसा कहाँ लग्यो के गर्यो पारदर्शीता नहुने अवस्था सृजना भयो ।हचुवाको भरमा सरकारी खोल्ने र त्यसबाट आफ्नो अभिष्ठ पुरा गर्ने काम भयो । यस्ताले सहकारीको सात नियम भन्दा बाहिर गएर काम गरे । सहकारी क्षेत्रका ऐन, नियम र आफैले बनाएका विनियमहरु समेत पालना नगरी त्यसभन्दा बाहिर गएर बचत कर्ताको रकम शेयरमा लगानी गर्ने, जग्गा प्लटीङमा लगानी गर्ने गरेको देखियो । जसले गर्दा ब्यवसाय डुबे परिणाम बचत कर्ता र सदस्यको रकम हिनामिना भयो । त्यसैगरी ब्याजमा पनि अस्वथ प्रतिस्प्रर्धा गरेको देखियो । डिपोजिटमा नै १८, १९ प्रतिशत सम्म ब्याज दिने गरेको पाइयो । जब की राज्यले लगानीमा १६ प्रतिशत भन्दा बढी ब्याज नलेउ भनेको छ । आफैले १९ प्रशित सम्ममा डिपोजिट गरे पछि लगानीमा कति प्रतिशत ब्याज लिने ? यस्ता विविध कारणले गर्दा पछिल्लो समयमा सहकारी क्षेत्रको अवस्था सोचेजस्तो राम्रो छैन ।
तपाईले त विगत ६,७ वर्षदेखि निरन्तर सहकारी क्षेत्रमा विकृतिहरु बढ्न थालेका छन् केही व्यक्तिहरुले सहकारीको पैसा दुरुपयोग गर्दै छन्,यसको सम्बन्धित निकायबाट उचित अनुगम हुनुपर्दछ भनेर आवाज उठाउँदै आउनुभएको थियो अहिले त तपाईले भने जस्तै धेरै सहकारीले बचत कर्ताको रकम मनोमानी खर्च गरेको पाइयो तपाईले उठाएको सहि कुरा पनि किन सुनुवाई नभएको होला ?
म विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील रहँदै आएको छु । यो क्रममा सहकारी विभागको उपप्रमुख भएरपनि काम गरे, त्यसैगरी जिल्ला सहकारी संघको आमन्त्रीत सदस्य देखि सल्लाहकार सम्म भएर पाँच बर्ष काम गरे । यसरी सहकारीमा सक्रिय भइरहँदा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न निरन्तर आवाज उठाउदैै आए तर सुनुवाई भएन । यसको कारण भनेको हाम्रोमा सबै क्षेत्रमा राजनीति हावि भयो ।सहकारी क्षेत्रमा पनि राजनीति हाबि भयो । राष्टिय सहकारी बैकका पुर्व अध्यक्ष जेलमा छन । रास्वपाकै अध्यक्ष रबि लामिछाने पनि जेलमा छन । सभामुख भएकाहरु, पार्टीका उपाध्यक्ष भएकाहरु , पार्टीका केन्द्रीय सदस्य र सांसदभएकाहरुले सहकारीको रकम हिनाबिना गरेकोमा नाम जोडिएका छन । सहकारीमा पारदर्शीता हुनु पर्दछ , यसमा यसमा उच निच बर्ग भन्ने हुनु हुदैन । सय रुपैया वा हजार रुपैया वा लाख रुपैया जति राखेर शेयर सदस्य भए पनि बराबर अधिकार हुन्छ ।
तर हाम्रोमा यस्तो छैन, सहकारी क्षेत्रका संघसंगठनहरु दलहरुका मान्छेले क्याप्चर गरेका छन् । उनीहरुले राज्यलाईनै आफ्नो अनुकुल डोहोराउन खोजेका छन । सहकारीका सात सिद्धान्त र सहकारीका विश्वब्यापी मुल्यमान्यता अनुरुप नगरी त्यसको उल्लघन गर्दै आएका छन ।
सहकारी अध्यादेश २०८१ ल्याईयो, नियमन प्राधिकरण गठन निर्देशिका आयो । नियमन प्राधिकरण पनि गठन गरियो । अहिलेके ऐन नियम अनुसार पनि चार तहका सरकार संघिय सरकार, प्रदेश सरकार, स्थानिय पालिकार र वडा तहबाट समेत अनुगमन हुन्छ । यस्तै प्रदेश र जिल्ला समन्य समिती, राष्ट्रिय सहकारी बैंक, नेप्सुन ल र ठुलालाई त राष्ट्र बैकले समेत अनुगमन गर्ने ब्यवस्था छ । तर यी निकायमा बस्नेले तलव भत्ता खानेमात्र काम गरे । सहकारीलाई उचित मार्ग निर्देशन गर्ने, उचित नीतिनियम ल्याउने काम गरेनन । राज्यले तीन खम्वे अर्थनीति भनेको छ ।तीन खम्वामा एउटा खम्वा सहकारी हो तर राज्यले ब्यवहारमा सहकारी क्षेत्रलाई उपेक्षा गर्ने गरेको छ । राज्यका संयन्त्रले त डण्डीत गर्नु पर्नेलाई डण्डित गर्ने, सुधार गर्नु पर्नेलाई सुधार गर्ने गर्नु पर्ने त्यसो गरेको छैन ।
अहिले ३३ हजार सहकारी दर्तामा छन् । त्यसमध्ये २९ हजार सञ्चालनमा छन् । संचालनमा भएकाले राज्यलाई कर तिरेर आफ्नो दायित्व पुरा गरेका छन । २९ हजार मध्ये दुई चार सय केही ठूला सहकारीले गलत काम गर्दा सम्पूर्ण सहकारीलाई बद्नाम गराएको अवस्था छ । धेरै सहकारीले त राम्रो गरेका छन । व्यक्तिहरुलाई उद्धमशील र व्यवसायी बनाएका छ । सहकारीका सदस्य भएपछि सानो पुजिको निम्ति अन्त धाई राख्नु पर्दैन । सहकारीबाटै ऋण लिएर व्यवसाय गर्न सकिन्छ । त्यस्तो भई रहेको पनि छ सहकारीले बिभिन्न ब्यवसायी तालिम पनि दिएका छन । तर केही ठूला सहकारीले गलत काम गर्दा सम्पूर्ण सहकारी क्षेत्र बद्नाम भएको अवस्था छ ।

के गर्यो भने सहकारीका समस्या समाधान हुने छन अनि जनताले सहकारीमा राखेर डुबेको रकम पुन पाउने छन ?
पहिलो कुरा त जनताको जिउ धनको सुरक्षा गर्ने दायित्व सरकारको हो । त्यसैले सहकारीमा राखेको रकमको सुरक्षा पनि सरकारले गरिदिनु पर्दछ । त्यसको लागि दुई तीन बटा काम गर्नु पर्दछ । पहिलो कुरो त राज्यले उचित अनुगमन गर्नुपर्द छ । जुन सहकारी डुबेका छन ,जहाँ सदस्यले खाई नखाई मकै पोलेर , चना चटपटे बेचेर , चिया बेचेर पैसा जम्मा गरेका छन , कतिपयले त घर जग्गा बेचेर सम्पुर्ण पैसा राखेका छन । कतिले जीवन भर जागिर खाएर जागिर छाड्ने बेला आएको रकम राखेका छन । यस्तो रकम पाउ भनेर कोही माईतीघर मण्डेलामा आमरण अनशन बसेका छन ।
कोही नियमन प्राधिकरण अगाडी नाङ्खै बसेर आन्दोलन गरिरहेका छन । यस्तो अवस्थामा सहकारी कहाँबाट बिग्रियो भनेर खोज्नु पर्दछ । समस्या समाधान गर्न ऋण लग्नेले ऋण लगेर के गरयो त्यो पनि खोज्नु पर्दछ । यदि तिरेन भने उसको अन्य सम्पत्ति रोक्का गरि दिनु पर्दछ । त्यसैगरी सञ्चालकहरुलाई पनि थुनेर पनि समस्या समाधान हुँदैन । बरु उसको अन्य सम्पत्ति रोक्का गर्ने बैक खाता रोक्का गर्ने उसले राख्न सक्ने नाता गोताका पनि खाता रोक्का राख्ने ।
उसको पासपोर्ट रोक्का राख्ने तर उसलाई नथुन्ने, उसले बाहिर बसेर रकम फिर्ता गर्दछु भन्छ भने उसलाई सर्वसाधारणले सहकारीमा बचत गरेको रकम फिर्ता गर्ने समय दिनु पर्दछ । सञ्चालकहरुले म फिर्ता गर्दछु भन्दा भन्दै पनि लगेर थुन्ने गरेको छ । यो उचित काम होइन । संचालक ,बचत कर्ता ,ऋण लानेलाई संगै राखेर निकास खोज्नु पर्दछ । अर्कोतर्फ सहकारी आफै पनि स्वनियमनमा बस्नु पर्दछ ,आर्थिक अनुशासनमा चल्ने,सदस्यको हितलाई ध्यानमा राखेर चल्ने ,सहकारकिा सात सिद्धान्त अनुरुप चल्ने गर्नुपर्दछ ।
सहकारीका विश्वब्यापी मुल्यमान्यता अनुरुप चल्ने गर्नु पर्दछ । त्यस्तै अहिले ऋण तिर्न हुन्न भन्ने अभियानमा लगेका पनि छन् त्यस्तो बेलामा सरकारले ऋण तिर्नु पर्छ भनेर जनतालाई सुचित गर्नु पर्दछ । ऋण नर्तिर्नेलाई कानुनी दायरामा ल्याई दिने काम गर्नु पर्दछ । ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने बैक खाता रोक्का गर्ने उसले राख्न सक्ने नाता गोताका पनि खाता रोक्का राख्ने, उसको पासपोर्ट रोक्का राख्ने तर उसलाई नथुन्ने उसले बाहिर बसेर रकम फिर्ता गर्दछु भन्छ भने समय दिने राज्यले सहजीकरण गरि दिने हो ९० प्रतिशत समस्याहरु समाधान हुन्छ ।
तपाई आफु अध्यक्ष रहेको बहुआयामीक कृषि बचत तथा ऋण सहकारी संस्था कसरी चल्दैछ ?
म आफू अध्यक्ष रहेको बहुआयामीक कृषि बचत तथा ऋण सहकारी संस्था राम्रोसंग चलिरहेको छ । हामीले सदस्यको हितलाई ध्यानमा राखेर काम गरिरहेका छौ । हामीले त कोभिड महामारी महाभुकम्पको बेला पनि आफ्ना सदस्यहरुलाई राहत दिने देखि सदस्यको बचत घर सम्मै पुराई दियौ । कतिपय सदस्यलाई लाग्न सक्छ यता पनि सरकारी डुब्यो भन्छन उता पनि डुब्यो भन्छन भन्ने तर त्यस्तो आत्तिनु पर्दैन अहिले २९ हजार सहकारी सञ्चालनमा रहेकोमा तीन चार सय सहकारी बाहेक अरु राम्रै सँग चलेका छन् ।
त्यसका पनि ठुला ठुला एक डेढ सयमा समस्या देखिएको हो । हाम्रोमा पैसा प्रयाप्त छ ,फिर्ता गर्न कुनै समस्या छैन । हामीले सबै काम पारदर्शी रुपमा गरेका छौ । प्रत्यक महिना बैठक बस्छौ । सदस्यका गुनासा सुन्छौ ।ऋण असुलीमा ध्यान दिन्छौ । राष्ट्रिय सहकारी बैंक, नेप्सुन लगायतबाट पनि ऋण लिएर सदस्यहरुलाई लगानी दिई रहेका छौं । हाम्रो कुरा गर्नु हुन्छ भने हामी काठमाडौंको पश्चिम भागमा बिशेष गरि नागर्जुन नपा सेरोफेरोमा केन्द्रीत रहेर काम गरेका छौं । हाम्रो सहकारीमा बिगतमा १५ सय ३२ जना सदस्य हुनुहुन्थ्यो अहिले १६६४ जना हुनु हुन्छ । उहाँहरु सबै सहकारी सँग सन्तृष्ट हुनुहुन्छ । हामीले लघुबित्त कार्यक्रम युवा स्वरोजगार कार्यक्रम संचालन गरि रहेका छौ ।
सहकारीको पूँजि कति छ ?
शेयर पुजी ३ करोड ७८ लाख छ । करिब साढे २७ करोड बचत आएको छ । सवा १२ करोड जति तरलता अर्थात खातामा पैसा छ । यसमा ५, ६ करोड थप लगानी गर्नु पर्ने रकम छ । लगानीको क्षेत्र खुम्चिएको छ ।भरपर्दाे ठाँउ नभई लगानी गर्ने कुरा भएन । बैकमा ब्याज थोरै पाउने हाम्रोमा आउदा ८,९ प्रतिशत ब्याज पाईने र हामी बिस्वासिलो भएकोले बचत गर्न आउने धेरै हुनुहुन्छ । हामी लगानी नहुने अवस्थामा धेरै बचत गर्ने पक्षमा छैनौ । बरु सदस्य संग सल्लाह गरेर ब्याज घटाउने वा बचत फिर्ता दिने हुन पनि सक्छ । बैकहरबाट ऋण नपाए पछि ऋण माग्न आउने दुई चार करोड चाहियो भन्ने त आउँनुहुन्छ तर हामीले एउटैलाई ठुलो रकम ऋण दिदैनौ किनकि एउटै डुबे पनि सहकारी समस्यामा पर्दछ । त्यही रकम आठ दश जनालाई दिए एउटाले समयमा असुल नगरे पनि अरुले गर्दछन जसले गर्दा सहकारीमा समस्या आउँदैन ।देशको आर्थिक अवस्था त्यति राम्रो नभएपनि हाम्रो सहकारी ठिकै छ । बचत तथा ऋण दुवै कार्य राम्रै सँग चलिरहेका छन् । त्यसैगरी हामीले सहकारीमा कुनै समस्या आउन दिनुहुन्न भनेर सचेतना साथ काम पनि गरेका छौं ।

लगानीको अवस्था कस्तो छ ?
हाम्रो लगानिको अवस्था पनि राम्रै छ । हामीले लगाानीमात्र भन्दा पनि सुरक्षित लगानीमा जोड दिएका छौ ।यद्यपि हामीले अहिले लगानी भन्दा असुलीमा बढी ध्यान दिएका छौं ।
सहकारीका शेयर धनि, बचत कर्ता, तथा सदस्यहरुलाई के भन्न चाहानु हुन्छ ?
बहुआयामीक कृषि बचत तथा ऋण सहकारीका सदस्यहरुलाई तपाईहरु ढुक्क साथ बस्नुस् । तपाईहरुको लगानीमा कुनै समस्या आउँदैन भन्दै आगामी दिनमा पनि हामीले रचनात्मक कार्यक्रम गर्दै छौ । सहकारी तीर्थ स्थल जस्तो पबित्र थलो हो । हामीले सोही रुपमा चलाउछौ । आवश्यक पर्दा ऋण लिने समयमै ऋण तिर्ने आफै आएर सहकारीको अवस्था अनुगमन गर्ने गर्नुस ।साथै यहि २०८२ साल मंसिर २७ गते शनिबार बिहान सवा आठ बजेबाट सहकारीको १७ औ बार्षिक साधारण सभा मुस्ताड्ड गुम्बा परिसरमा हँुदैछ साथै संचालक समितीको अध्यक्ष सहित संचालक समितीका, लेखा समिती लगायतको निर्वाचन पनि हुदै छ । सम्पुर्ण संचालक समिती सदस्य,लेखा समिती ,ऋण उपसमिती ,लघुबित्त महिला,योजना, कृषी समिती सहित सल्लाकार व्यवस्थापन समिती सदस्य सम्पुर्ण शेयर सदस्य र कर्मचारी सहित सबैलाई हार्दिक आमन्त्रण गर्दछु ।
अन्त्यमा ..?
आम नेपाली दाजुभाई दिदि बहिनीहरु समक्ष के अनुरोध गर्न चाहन्छु भने सहकारीको सदस्य बन्दा त्यो सहकारी कसरी चलेको छ, त्यसका ब्यवसायीक कृयाकलाप के कस्ता छन,सहकारीका मुल्य मानयता अनुरुप चलेको छ छैन राम्ररी बुझेर मात्र सदस्य बन्नुस । ऋण लिनु छैन ऋण तिर्नु पर्ने छ भने पनि नियमित रुपमा तिर्नुस । सहकारी मात्र एउटा त्यस्तो माध्यम हो जसले छरिएर रहेको सानो सानो पुजी जम्मा गरेर न्युन देखि मध्यम स्तर सम्मका ब्यसायीलाई लगानी गर्दछ ।
हो सहकारीमा केही कमि कमजोरी देखिएका छन यसलाई समाधान गर्न सरकारका नियामक निकायले प्रभाबकारी भुमिका निभाउनु पर्दछ र सकारीलाई यसका सिद्धान्त र अन्तराष्ट्रिय मुल्य मान्यता अनुरुप चलाउनु पर्दछ ।




















