प्राधिकरण फर्किए हितेन्द्रदेव

सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।
बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् ।जेनजी आन्दोलनपछि गत असोजमा बर्खास्तमा परेका शाक्यलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको थियो ।

सर्वोच्चले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको ठहर गर्दै शाक्यको पक्षमा फैसला गरेपछि उनले आज प्राधिकरण पुगेर कार्यभार सम्हालेका हुन् । उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।