skip this वडा नं १६ बालाजु च:मती

काठमाडौं–३ का निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसेविरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको स्रोतले जनाएको छ ।