अहिले सबैतिर जेनजी पुस्ताले गरेको आन्दोलनको चर्चा परिचर्चा चलिरहेको छ । एक जना बौद्धिक व्यक्तिको हैसियतले जेनजी आन्दोलनको बिष्लेषण कसरी गर्नुहुन्छ ?
जेनजी युवाहरुको आन्दोलन पुराना दलहरुको असफलताको परिणाम हो । पुराना दलहरुले पटक पटक सरकारको नेतृत्व गर्दा राम्रोसंग सरकार चलाउन सकेन्न उनीहरु सरकारमा बसेर जे जस्ता कृयाकलाप गरे त्यसैको परिणाम जेनजी आन्दोलन भयो । जेनजीहरुले आन्दोलनमा देशमा व्याप्त भष्टाचार अन्त्य र सुसाशनको बहालीको पनि माग गरेका थिए । उनीहरुको आन्दोलन देशलाई संमृद्धी तर्फ लानुपर्दछ भन्ने भावना साथ थियो । जेनजीको तत्कालिन माग सरकारले सामाजिक सञ्जाल माथि लगाएको बन्देजको बिरोधमा थियो । तर तत्कालीन सरकाले उनीहरुको आवाज सुन्ने भन्दा अहं र दम्भ देखायो । के पी ओली सरकारले नेपाली जनतालाई नगन्ने जे गरे पनि हुन्छ भन्ने अहंता देखायो । जसले गर्दो सामाजिक सञ्जाल बन्द गरेको बिरोधमा भएको आन्दोलनले उग्र रुपलियो ।
तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले त आन्दोलन विदेशीको ईसरामा भयोे भन्नुहुन्छ ,तपाई त बिदेश मामिलाको जानफकार पनि हुनुहुन्छ यहाँले के भन्नुहुन्छ ?
के पी ओलीले ठिकै भन्नुभयो किनकि उहाँ आफु विदेशीको ईसरामा चल्नुहुन्छ । आफु बिदेशीको इसारामा चल्नेले अरु पनि चले होलान भन्ने ठान्नु स्वभाविक हो । किनकि भनाई नै छ नि, फुलको आँखामा फुलै संसार भन्ने । अर्काे तर्फ नेपालमा राष्ट्रवादी शक्ति बलिया छैनन, राष्ट्रवादी शक्ति बलियो हुन केपी ओलीले नै दिनुभएन । राष्ट्रवादी शक्तिलाई देखि सहनुभएन । त्यसैले उहाँको आँखाले जेनजी बिदेशीको ईसरामा चलेको देख्नु स्वभाविक हो ।
तपाईको नजरबाट के देख्नु हुन्छ ,जेनजी आन्दोलन बिदेशीको ईसारामा चलेको हो कि पबित्र उदेश्य सहित युवा पुस्ताले गरेको स्वस्फुर्त आन्दोलन ?
जेनजी युवाहरुको आन्दोलन मुलत पुराना दलहरुको असफलताको परिणाम हो । तर केपी ओलीले भने झै बिदेशीको ईसरा पनि हो, किनकि हाम्रोमा केपी ओली पनि बिदेशीको ईसरामा चलेका छन । जेनजी पनि बिदेशी ईसारामा चल्छन ।
मुख्य चाहि के थियो ईसरा कि आक्रोस ?
नेपाल भारत र चिनको बिचमा छ । त्यसैले नेपालमा सरकार चलाउन, देशको विकास गर्न गाह्रो छैन । भारतसंग खुल्ला सिमाना भएकोले अलि अलि समस्या छन तर चिनसंग खासै समस्या छैनन । नेपालमा अमेरिकाले पनि चासो दिन्छ किनकि अहिले अमेरिका र चिनबिच प्रतिस्प्रर्धा छ । नेपाल भारत र चिन बिचको बफर राज्य भएकोले अमेरिका आउन खोज्नु स्वभाविक पनि हो । अमेरिकि चलखेललाई यहाँको सरकारले नै साथ दिन्छ । यस्तो अवस्थामा पुराना दलहरुको असफलताको परिणाम र केपी ओलीले भने झै बिदेशी चासो दुबै देखिन्छ ।

पछिल्लो समय नेपालमा अमेरिकी चासो बढेको हो ?
पक्कै बढेको छ , किनकि अहिले अमेरिका र चिनबिच प्रतिस्प्रर्धा छ । चिन नेपालको छिमेकि हो ।
अब भावि दिनमा नेपालको राजनीति कसरी अगाडी बढ्ला ?
यहाँ सरकार चलाउने चाहे ती पुराना होउन वा नयाँ कसैले पनि नेपालको संस्कृती ,सभ्यता बुझेका छैनन । अहिले सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले पनि नेपालको सस्कृती र सभ्यता बुझेको छैन । नेपालमा सरकारमा बस्नेले सासन चलाउन जान्दैनन । उनीहरुले केवल आफ्नो प्रशंसा मात्र खोज्दछन । जहाँ सम्म सरकारको कुरा छ ,यो जेनजी आन्दोन पछि बनेको सरकार हो । जेनजी आन्दोलन आफैमा परिपक्क देखिएन । उहाँहरुका छलफलहरु मैले पनि हेर्ने गरेको छु तर उहाँहरुमा पनि अब के गर्ने भन्ने स्पष्ट भिजन छैन । अहिले कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नु हुन्छ ,कसैले चुनाब भन्नुहुन्छ । उहाँहरु बिच समान दृष्टीकोण छैन ।जेनजीको तत्कालीन माग सरकारले सामाजिक सञ्जाल बन्द गरेकोले त्यो खुलाउनु पर्दछ भन्ने थियो । केपी ओलीको सरकारले सामाजिक सञ्जाल बन्द गरेर आन्दोलन उठ्ने वातावरण बनायो ।सामाजिक सञ्जाल बन्द गरे पछि बिरोध हुन्छ ,आन्दोलन हुन्छ भन्ने उहाँलाई थाहा थियो । सायद उहाँले दमन गर्न सकिन्छ भन्ने ठान्नुभएको थियो तर आर्मीले दमन गर्न मानेन । त्यस पछि उहाँ आर्मीको सहयोमा भाग्नुभयो । उहाँलाई यस्तो हुन्छ भने थाहा नभएको भए शेर बहादुर देउवाले पिटाई खाने केपी ओली भाग्न सक्ने कसरी हुन सक्यो त ।
सरकारले चुनाब घोषणा गरेको छ तर चुनाब होला कि नहोला भन्ने आशंका छ, एमाले पार्टी सहित काग्रेसका केही सांसदले त संसद पुनःस्थापनाको माग गर्दै अदालतमा मुद्धा दर्ता समेत गरेका छन , संसद बिघटन अबैध भन्ने पनि छन तपाईले के भन्नु हुन्छ ?
अहिले सरकार चुनाबी सरकार हो, सरकारले चुनाब गर्दछु भनेर आँट पनि गरिहेको छ । त्यसैले फागुन २१ मा चुनाब होला । यद्यपी जेनजीले आन्दोलनमा सुशासनको प्रत्याभुति र भ्रष्टाचारको अन्त्य हुनुपर्ने ऐजेण्डा उठाएका थिए । देशमा सुशासन भएन जताततै भष्टचार र बेथिति भयो भनेर आन्दोलन गरे । त्यसैले चुनाबको निम्ती उपयुक्त वातावरण बनाउन सुशासनको प्रत्याभुति र भ्रष्टाचारीलाई कारवाही पनि गर्नु पर्दछ । तर यो छोटो समयमा दुबै काम त भ्याईदैन । त्यस्तै अदालतमा पुरानै पार्टीका मान्छे छन जेनजीले भने जस्तो भष्टाचारी समाउन त अदालतले नदिन सक्छ । पोखरा बिमान स्थलको मुद्धा दर्तामै काखा पाखा गरेका समाचार त आईनै रहेका छन । रबि लामिछानेलाई पाँच करोड धरौटी माग्ने प्रदिप अधिकारी पाँचलाख धरौटीमा छुटेको पनि देखियो । अदालतका आदेशहरु हेर्दा त पुरानै सरकारले चलाएको जस्तो भान हुन्छ । जहाँ सम्म संसद पुनस्थापनाको कुरा छ । संसद पुनस्थापना गर्नु हुन्न । संसद पुनस्थापना भए त यो सरकार गठन नै असंबैधानीक हुन्छ । संसद पुनस्थापना भए त चुनाब पनि हुँदैन त्यसैले अब चुनावमै जानु पर्दछ संसद पुनस्थापना गर्नुहुन्न । सर्वोच्चको एउटा न्यायधिसले सरकार चलाउने जस्तो गर्नु हुदैन । निर्वाचन घोषणा भएको छ । निर्वाचनमा नै जानु पर्दछ ।

अलिक फरक प्रसंग तर्फ जाऊ तपाईहरुको पार्टी राष्ट्रिय शक्ति पार्टी नेपाल अहिले कसरी अगाडी बढि रहेको छ ?
हाम्रो पार्टी अरु भन्दा फरक छ । हाम्रो मुख्य उदेश्य स्वदेसवाद हो । त्यो भनेको हामी ऐतिहाँसिक हिसावले ऐतहासिक , धार्मिक र सांस्कृतिक सभ्यताको आधारमा देश चलाउनु पर्दछ भन्छौ । हाम्रो दक्षिणतिर भारत छ । भारतको आफ्नै खालको राजनीतिक स्वरुप छ । उत्तरमा चिन छ । चिनका पनि आफ्नै पद्यती छ । यी बिशाल देशको बिचमा हामी भुगोका हिसाबले सानो देश छौ । तर हामी ऐतिहासिक धार्मिक र सांस्कृतिक सभ्यताका धनि छौ । १२२÷२३ बटा भाषा छन । हाम्रोमा पुरातन सभ्यता छ । बुद्धिष्ट सभ्यता छ । यी कुरालाई ध्यानमा राख्दै अगाडी बढ्ने बहुल सांस्कृतीकबाद भनेर भनेका छौ ।भारतको बिजेपीले धर्मलाई मुख्य मानेको छ ।तर हामीले जति पनि धर्म छन ।सबैलाई समान रुपले लाने । राज्यले सबै धर्मलाई समता र समानताको नजरले हेर्नु पर्दछ भन्छौ । बहुसांस्कृतिकको प्रवर्धन र सबैलाई समता र समनताको आधारमा व्यबहार गर्ने भनेको एक प्रकारको समाजवाद नै हो । करुणा भाव राखि मानवतावादको आधारमा देश चलाउने भन्ने हो ।
आफूहरु राष्ट्रवादी भन्नुभयो तर तपाईहरुका अध्यक्ष राजेन्द्र महतो नै भारतको ईसारामा चल्नु हुन्छभन्ने पनि आरोप छ नि ?
हेर्नुस कसले के भन्छ त्यो मुख्य कुरो होईन । अरुलाई आरोप लगाउने त हाम्रो संस्कारनै भए जस्तो छ । सुरुमा उहाँको दर्शन फरक हुन सक्छ तर अहिले उहाँको र हाम्रो पार्टीको भनाई राजनीति दर्शन समाज अनुरुप हुनु पर्दछ भन्ने हो । राजनीतिले असमनता हटाई समनता र समता दिनुपर्दछ भन्ने हो । उहाँ त बुद्धिजमको दर्शन समनता, समता ,समभाव करुणा लाई मान्ने देश भित्रका सबै धर्म संसकृतिको रक्षा गर्दै आफुनो देशको धर्म सस्कृती अनुरुप सरकारले काम गर्नु पर्दछ भन्ने मान्छे हो ।
चुनाबी तयारी कस्तो छ ?
अहिले तीन बटा पार्टी बिच एकताको निम्ती कुरा कानी पनि भईरहेको छ । चुनावमा एउटै चुनाब चिन्ह जाँतो लिएर जाने पनि सहमति भएको छ । चुनाब अघि सिट बाडँफाड गरि तालमेल गरेर जान्छौ । हामी अन्य पार्टी जस्तो होईनौ । देशको संसकृती, सभ्यतालाई आधार माने र अगाडी बढ्ने पार्टी हौ ।हामी राजनीति स्वार्थको निम्ती होईन । नेपाल र नेपालीको हितका निम्ती काम गर्दछौ ।

अन्त्यमा …?
अहिले नेपालको अवस्था गम्भिर छ । त्यसैले चुनावमा मतदाताले सोचेर मत दिनु पर्दछ । चुनावमा पुराना पार्टी त छदै छन रास्वपा ,जनेजी ,उज्यालो नेपाल जस्ता सय भन्दा बढी दल छन । यी सबै भन्दा हाम्रो दल फरकछ संस्कृती , सभ्यतालाई आधार माने बढ्ने पार्टी हौ ।हामी राजनीति स्वार्थको निम्ती होईन , नेपाल र नेपालीको हितका निम्ती गर्दछौ । हाम्रो संस्कृती सभ्यतालाई बचाउदै काधमा काँध मिलाएर अगााडी बढे नेपाल पनि रहन्छ नेपाली पनि रहन्छौ भन्दै यसैलाई ध्यान दिदै आगामी निर्वाचनमा हाम्रो पार्टीलाई मत दिन आम जनसमुदाय समक्ष आग्रह गर्दछु ।




















