काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्नुभएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गर्नुभयो । बिगतको नबौ र दशौ महाधिबेसनमा दुई पटक बिजयी भएको ओलीको यो तेस्रो कार्यकालको निम्ती बिजयी हुनु भएको हो । त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको छभने उहाँको प्रतिस्पर्धी ईश्वर पोखरेल प्यानलका सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ । गोकर्णराज विष्ट ईश्वर पोखरेल प्यानलका हुनु हुन्छ । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी हुनुभएको छ । उपमहासचिबमा के पी ओली प्यानका बिष्णु रिजाल पराजीत हुनु भयो भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई बिजयी हुनु भयो । त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएकोे छ । पदाधिकारी सहित सम्पुर्ण केन्द्रीय सदस्यको परिणाम यस प्रकार छ ।



















