उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ । यो समिति निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा छ । बैठक बस्न लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । बैठकमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।




















