नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ ।
बिहान ११ः०० बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई २ः३० बजे बसेको हो । महाधिवेशनपछि यही पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ ।बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ । साथै नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने जनाइएको छ ।




















