नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। यसक्रममा पार्टीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
आज बसेको सचिवालय बैठकले ७ सदस्यीय मस्यौदा समिति बनाउने निर्णय गरेको हो। समितिमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल सदस्य रहेका छन्। घोषणापत्रमार्फत पार्टीले आगामी निर्वाचनका लागि नीति, कार्यक्रम र प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


















