नेपाल–अष्ट्रेलिया व्यापार र लगानी सहकार्यबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, व्यापार, आर्थिक सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री साहले भोटेकोशी र बूढीगण्डकी बाढीपछि खोज, उद्धार तथा राहतमा अष्ट्रेलियाले गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरेका छन् ।