काठमाडौँको गैरीगाउँमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगर प्रहरीका अनुसार आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
काठमाडौँ महानगरको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिएका हुन् । मंगलबार दिउँसो गैरीगाउँस्थित टहरोमा आगलागी भएको थियो ।


















