भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले आफ्नो देशलाई ५ करोड ब्यारेलसम्म तेल उपलब्ध गराउने बताएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन अचानक चालिएको सैन्य अभियान सफल भएपछि ट्रम्पको यो भनाइ आएको हो ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भेनेजुएलाको अन्तरिम प्रशासनले ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको तेल अमेरिकालाई दिन लागेको बताएका हुन् । ट्रम्पका अनुसार यो तेल बजार मूल्यमा बेचिनेछ भने त्यसबाट प्राप्त हुने रकम अमेरिकी राष्ट्रपतिको हैसियतमा उनकै नियन्त्रणमा रहनेछ। उनले उक्त रकम भेनेजुएला र अमेरिकाका जनताको हितमा प्रयोग गरिने दाबी गरेका छन्।