निकोलस भूसालले दिए रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी

डा.निकोलस भुसाल (कमल भुसाल)ले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उनले उम्मेदवारी दर्ता गरेको बताए । मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको भुसालले बताए ।

जुत्ता चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगर्ने भएकोले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए।